बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौं परिसर र अपराध महाशाखाका एसएसपी फेरिँदै
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेर्ने तयारी भएको छ । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र महाशाखाका एसएसपी सहकुलबहादुर थापा डीआईजीमा बढुवा भएपछि उनीहरूको स्थानमा नयाँ एसएसपी खटाइन लागेको हो ।

उपत्यकामा महाशाखा र परिसर महत्त्वपूर्ण प्रहरी कार्यालय मानिन्छन् । सुवेदी र थापा एक वर्षअघि सँगसँगै परिसर र महाशाखाको नेतृत्व गर्न पुगेका थिए । उनीहरू जाने भएपछि परिसर र महाशाखाका लागि एसएसपीको दौडधूप सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले समेत तयारी सुरु गरेको छ । परिसरमा एसएसपी दीपक थापा र श्याम ज्ञवालीको चर्चा छ भने महाशाखामा एसएसपी किरण वज्राचार्य र रामदत्त जोशीलगायतको नाम चर्चामा छ ।
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्