site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउन अब सेचुरेसनमा

COVID-19 को महामारी नियन्त्रणका लागि ११ चैत्र २०७६ देखि लागु भएको लकडाउन लाइ एक एक हप्ता थप गर्दै २ बैसाख २०७७ मा बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार १२ दिन थप गरि बैसाख १५ सम्म पुगेको कुरा सबैमा विदित भएकै बिषय हो | यहि लकडाउन लाइ अन्तिम मान्नेहो भने पनि देश एकमहिना पाँच दिन पूर्णरुपमा ठप्प रह्यो | बिश्व मानचित्रमा अवस्थित २१० राष्ट्रका करीब पच्चीस लाख व्यक्तिलाइ संक्रमित गर्दै लगभग एक लाख पचास हजारको जीउ ज्यान यस COVID-19 ले लिईसकेको तथ्य जगजाहेर नै छ| प्रथम पटक चीनको वुहान शहरमा कुखुराबाट मानिसमा सरेको भनिएको COVID-19  लाइ epidemic मात्र होस, अन्यत्र फैलेर pandemic नबनोस भन्ने उदेश्यले चीनले कठोर नीति अख्तियार गरि हर उपाय अबलम्बन गर्यो | यसै सिलसीलामा प्रयोगमा ल्याएको एक अमोध अस्त्र थियो, लकडाउन |

जनताहरु जो जहाँ छन् त्यहि स्थिर भएर बस्ने, बाहिर आवतजावत गर्न नदिने आज्ञप्तिका कारण मानिसहरु आ-आफ्नै स्थानमा कैद रहेको, जल, स्थल तथा हवाई सम्पर्कलाइ बिच्छेद गरिएको तथा उपचार, ट्रेकिंग, र ट्रेसिंग लाइ निकै गम्भीरतापुर्वक अनुसरण गरिएको हुदा चीनमा हाल सम्म ८२,५०० संक्रमित भई ३३०० को हताहति भएको छ | जबकी चीनको प्रथम संक्रमण पछि धेरै समयको अन्तरालमा युरोप अमेरिकामा यो भाईरसले माहामारीको रुप लिदा निकै ठुलो संख्यामा संक्रमण बढ्नुका साथै हताहती पनि बढेको छ| चीनको मोडालिटि, उपचार पद्दति, अनुशासन, परिक्षण सामग्री एबम अन्य आवश्यक उपकरणहरु हाल बिश्वका धेरै देशमा प्रयोगमा आएको र चीन स्वयमले अन्य देश लाइ सहायता गरिरहेकोले कोरोना बिरुद्धको लडाईमा चीनलाइ ग्लोबल लिडरका रूपमा स्वीकार गरिएको छ | लकडाउन लाइ हाल विश्वका सबैजसो मुलुकले आंशिक तथा पूर्णरुपमा पालना गरिरहेका छन् |

नेपाललाई पनि विश्व स्वास्थय संगठनले उच्च जोखिमयुक्त देशको सुचीमा राखेको र विदेश बाट नेपाल भित्रिने व्यक्तिहरुमा संक्रमण देखिए पछि नेपालले पनि लकडाउनको घोषणा गरेको थियो | समयमै लकडाउनको घोषणा गरिएको कारण लगभग एकमहिनाको अवधिमा १६ जनामा संक्रमण देखिनु र कुनै एक जना पनि हताहत नभएको स्तिथि लाइ विचार गर्दा नेपाललाई आहिले सम्मको स्तिथिमा सुरक्षितनै मान्नु पर्ने हुन्छ र भोलिका दिनमा पनि ठुलो मानविय क्षति हुनेछैन भन्न सकिने प्रशस्त आधारहरु छन् | यस लेखको सन्देश लकडाउनलाइ लमब्याईराख्ने कि घटाउदै जाने? भन्ने भएकोले अब यस्ले बैस्विक तथा नेपालको अर्थतन्त्रलाई कुन साइजमा दुश्प्रभाबित गर्छ भन्ने तर्फ मन्थन गर्नु बढी सान्दर्भिक होला |

Prabhu Bank
Agni Group
NIC Asia

विश्वबैंकले हालै एक रिपोर्ट प्रकाशित गर्दै भनेको छ, नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा खुम्चन सक्नेछ | कोरोना कहर खेप्नु नपरेको भए सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर र विश्वबैंक आफैले ६ प्रतिशत सम्म आर्थिक वृद्धिदर हुन सक्छ भन्दैथिए | अन्तरराष्ट्रिय मुद्राकोष (IMF) ले गत मंगलबार सार्वजनिक गरेको World Economic Outlook को रिपोर्ट अनुसार विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतले ऋणत्मक हुनसक्ने जनाएको छ | जबकी कोरोनाको सामना गर्नु नपरेको भए ३.३ प्रतिशतको अनुमान थियो । मुद्राकोष अगाडी भन्छ, 2008/2009 को वित्तीय संकट पछिको मात्र होइनकि 1930 को महामन्दी यताको सबभन्दा ठुलो आर्थिक झट्काहो जसमा ९० खर्ब डलरको क्षति हुन सक्ने छ |

१७० भन्दा बढी रास्ट्रको प्रतिव्यक्ति आयमा गिरावट आउने विश्लेषण गर्दै केहि समय भित्र महामारी निर्मुल भई अर्थतन्त्र सामान्य अवस्थामा आएको खण्डमा 2021 को अन्ततिर मात्र ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर फर्कन सक्ने भनिएको छ| नेपालले के कस्तो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ भन्ने सम्बन्धमा अहिलेसम्म कुनै पनि सरकारी निकाएको आधिकारिक धारणा बाहिर आएको छैन| सरकारी निकाए हरुले मुख नखोले पनि पर्यटन, यातायात तथा उद्योग व्यापार क्षेत्रका हस्तीहरु भंदैछन, नेपालले पर्यटन क्षेत्रबाट ११ लाख, यातायात क्षेत्रबाट १० लाख तथा औधोगिक तथा निर्माण क्षेत्र बाट १२ लाख गरि कुल ३३ लाखको रोजगारी गुमाउन सक्नेछ | रोजगारी को संख्या देश भित्रै यति ठुलो मात्रामा कटौती हुने मात्र होइन कि नेपालको प्रमुख श्रम गन्तब्यहरु कतार, संयुक्त अरब गणतन्त्र, कुबेत, बहराइन, साउदी अरब तथा मलेसिया, मालदीभ आदि राष्ट्रहरुले कामदार हरुलाई आ-आफ्नो देश फर्किनु पर्ने आदेश जारी गरि सकेका छन् | भारत लगायत अन्य राष्ट्रका औपचारिक आनौपचारिक क्षेत्रमा कार्यरत करीब एक करोड नेपाली मध्य आधा आधि मात्र नेपाल फर्के पछिको सामाजिक आर्थिक दुरावस्था के हुनसक्ला, आकलन गर्न गाह्रो छ |

Global Ime bank

यस बाहेक युरोप अमेरिका तिर बिद्द्यार्थी भिसामा गई ठुलो सानो काम गरेर भएपनि नेपालमा रहेका आफ्ना आश्रित हरुलाई उनीहरुले गरेको आर्थिक भरथेग पनि लगभग बन्द भैसकेकोछ | यस्तो विषम आर्थिक परिदृश्य आखाको सामुन्ने छरलङ्ग देखिराखेको अवस्थामा राष्ट्रिय जनजीवनलाइ सामान्यत चलायमान बनाउदै लैजाने उदेश्यले जारी लकडाउनलाइ खुकुलो पार्दै जानु श्रेयस्कर ठहर्छ | लकडाउनबाट बाहिर निस्कने तौर तरिकाहरु के-के  हुन सक्छन? कुन मोडलबाट लकडाउनलाइ फुकुवागर्दा कोरोनापनी नियन्त्रणमै रहन्छ र नेपाली जनजीवन एवं अर्थतन्त्र चलायमान हुन सक्छ भन्ने कुरामा गम्भीर गृहकार्य हुन जरुरि छ | जस्तो कि सार्वजनिक यातायातको क्षेत्रमा ठुला सवारी हरुलाई मात्र प्रयोगमा ल्याउने, होटेल रेस्टुरेन्ट, स्कुल तथा कलेज हाललाइ बन्द नै राख्ने, सरकारी तथा अन्य क्षेत्रमा अनलाईन सेवा लाइ प्राथमिकता दिने, दुध, फलफुल तरकारी तथा माछामासु उत्पादन/बितरण लाइ नियमित गर्ने, हवाई उडान तथा सिमाना बन्द नै राख्ने आदि अनेक मोडेल हुनसक्छन |
एकातिर कोरोना को सन्त्रास कहिले सम्म रहन्छ भन्नेकुराको एकिन छैन भने अर्कातिर लकडाउन नै अन्तिम तथा स्थाई विकल्प हुन पनि सक्दैन | रोग लाग्ने छाड्ने, जिउने मर्ने कुरा निरन्तर चलिनैरहने जिन्दगीको एक नियमित प्रक्रिया हो | सामान्य झाडापखाला बाटपनि विश्वमा लाखौ मानिसको मृत्यु हुन्छ | येही कोरोनाको कुरा गर्दा पनि तथ्यांकले के देखाऊछ  भने, २० लाख संक्रमित हुदा सवा एकलाखको मृत्यु हुनु भनेको केवल ६ प्रतिशतको मृत्युदर हो |

सबैलाइ कोरोना लाग्ने पनि होइन र लागिसक्दा मृत्यु हुने पनि हैन | कोरोनालाई स्वीकार गरौ, त्रसित भयभित नबनौ तर प्रयाप्त होसियारी सजगता र सतर्कता अपनाउ | मास्क तथा पन्जा लगाएर निस्कने कुरा, दुरी कायम गर्ने कुरा, हात सफा राख्ने कुरा र सेनीटाईजर प्रयोग गर्ने कुरा मा हरेक नेपाली अभयस्त भैसकेकोले अब लकडाउनलाइ नेपाली जनजीबनले धेरै समय थेग्न सक्दैन | मानिसहरुको बिजोग छ | दसौ दीन सम्म पैदल यात्रा गरेर चार दिनको सुत्केरी पनि आफ्नो घर जान खोज्दैछन् | बाल बच्चा बोकेर, पोका पन्तुरा भिरेर घर जान्छु भन्दा पनि प्रादेशिक तथा स्थानीय सरकारको अवरोधका कारण न घर न घाट भएका छन् | सिमापारिबाट नेपालीहरु आफ्नो देश प्रवेश गर्न रातबिरात नदिमा समेत हामफाल्दैछन् रोजगारदाताको पीर यो भन्दापनि चर्को छ |

तलब कसरि खुवाउने, बैंक भुक्तानी कसरि गर्ने, सप्लाई चेन कसरि कायम गर्ने? आदि| लकडाउन लम्ब्याउदै जाने हो भने राहतका नाममा वितरित १०-१५ किलो चामल र दालले कति दिन पो पुग्छ र ? हुने खाने लाइ त बिदा मनाउने र जमघट गर्ने एक अपुर्ब अवसर जस्तो पो छ | समस्या त तल्लो वर्गलाइ छ, जसले हात मुख जोर्नका लागि हात पाखुरा बजार्नै पर्छ तर यो त बन्द छ |

समग्र अर्थतन्त्रलाइ धरासायी हुनबाट जोगाउन भारतले 2.3 billion dollar, अमेरिकाले 2.2 trillion dollar, बिश्वबैंक ले 1.6 billion dollar संयुक्त राष्ट्र संघ 1.5 billion dollar स्टीमुलस प्याकेज जारी गरिसकेकाछन | बेलायत, सिंगापुर, दक्षिण कोरिया, बेल्जियम, जर्मनी, क्यानाडा, आदि राष्ट्र हरुले पनि रीलीफ प्याकेजलाइ प्रयोगमा ल्याएका छन | तर नेपालका अधिकारीहरु मौन छन् | हामी लकडाउन बढाउनमै गौरब ठानेका छौ | एकदिन बन्दहुदा अर्बौको नोक्सान हुन्छ |

कर उठ्दैन, राजस्व संकलन हुदैन, ऋण  असुली हुदैन, सप्लाई चेन बिच्छेद हुन्छ | तरकारी फलफुल दुध अण्डा सबै खोलामा बगाउनु परेकोछ | यस्तो कहालीलाग्दो अवस्थालाइ नजरअन्दाज गर्दै एक हप्ता लकडाउन थपेर २ जना संक्रमित फेला पर्दा पहाड नै खसे जस्तो गरि कोकोहोलो मच्चाउदै छौ | त्यसैले लकडाउनलाइ बिस्तारै खुकोलो पार्दै जनजीवनलाइ सामान्य गर्दै लैजाने तर्फ गम्भीरतापुर्वक गृहकार्य नगरी छिमेकिले थप्यो हामी पनि थप्ने भन्दै लकडाउनलाइ जारी राख्दै जानेहो भने देशको अर्थतन्त्र उठ्नै नसक्ने गरि थला पर्न सक्ने तर्फ सरकारको ध्यान जान ढिला भैसकेको छ |  
        
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC