site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचथरमा ३१ जना क्वारेन्टाइनमा
Sarbottam CementSarbottam Cement

पाँचथर । पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । विगतमा यहाँ १०४ व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् । उनीहरु अधिकांश विदेशबाट फर्केका व्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो । 

जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयानुसारको स्तरोन्नति भने हुन सकेको छैन । अहिले क्वारेन्टाइनमा राखिएका केही व्यक्ति भने चैत लागेयता विदेशबाट फर्केका समेत छन् । लुकीछिपी बसेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएकालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै छ जनालाई जिल्लास्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उच्च ज्वरो आएका तथा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीलाई आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको हो । हालसम्म पाँचथरमा १७४ को द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) सम्पन्न भएको छ । 

यस्तै १९ जनाको स्वाब परीक्षणसमेत गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक छ जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC