site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले २४ घण्टामा ४ हजार ८८३ को मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८८३ जनाको मृत्यु भएको छ । 

जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ हजार ५१८ जनाको मृत्यु भएको छ । बेलायतमा ५९६, इटलीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । 

Agni Group

पछिल्लो २४ घण्टामा ७४ हजार ५५७ जना कोरोना संक्रमितको पहिचान भएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा २५ हजार २६१ जनामा कोरोना संक्रमितको पहिचान भएको छ । 

हालससम्म विश्वभर २४ लाख ५३ हजार २५ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये ६ लाख २४ हजार ९११ जना निको भइसकेका छन् । 

Global Ime bank

अहिले १६ लाख १५ हजार ४८४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् । ५४ हजार २२५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ । 

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९३० पुगेको छ । 

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । 

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा, १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC