बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाबाट विश्वभरमा १ लाख ६४ हजार ९३० को मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९३० पुगेको छ । सोमबार बिहानसम्म १६ लाख १५ हजार ४८४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् । ५४ हजार २२५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ । 

सबैभन्दा धेरै अमेरिकामा ४० हजार ५३२ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । इटलीमा २३ जहार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ तथा बेलायतमा १६ हजार ६० जनाको ज्यान गइसकेको छ । 

Duber nepal

Agani Group

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । 

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा, १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
 

 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्