site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अलपत्र मुस्लिम जमातलाई उद्धार गर्न प्रधानमन्त्रीसमक्ष माग
Sarbottam CementSarbottam Cement

विराटनगर । लकडाउनले गर्दा अलपत्र परेका मुस्लिम समुदायका धार्मिक तीर्थयात्रीहरू (जमात) लाई उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरिएको छ । 

मोरङका मुस्लिम अगुवाहरूले जमातलाई एकीकृत योजना बनाएर उद्धार गर्न भन्दै प्रधानमन्त्रीसमक्ष माग गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आइतबार ज्ञापनपत्र पठाएर मुस्लिम तीर्थयात्रीको उद्धारमा ध्यान दिन सरकारको ध्यानकर्षण गरिएको हो । मोरङकै विभिन्न मस्जिदहरूमा पाकिस्तानका जमात बसेको पाइएको छ ।

“मुस्लिम समुदायका तीर्थयात्रीहरू सीमा बन्द भएपश्चात् अलपत्र अवस्थामा बसिरहेको र यस कोरोना भाइरसको संक्रमण नहोस् र यदि भएको अवस्थामा समेत संक्रमण नफैलियोस् भन्नका लागि स्थानीय पालिका, स्थानीय प्रशासन, प्रदेश सरकारसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, पचार र प्रतिरक्षामा एकीकृत योजना बनाइ लागु गर्नुपर्ने” ज्ञापनपत्रमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै लकडाउनभन्दा अगाडि मित्रराष्ट्र भारतलगायत मुलुकबाट नेपाल फर्किएका सम्पूर्ण व्यक्तिहरूको ट्राभल हिस्ट्र, ट्राकिङ, टे«सिङ गरी कोरोना परीक्षणको दायरा बढाइ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वयमा काम अगाडि बढाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

नेकपा मोरङका मुस्लिम नेता आजम सेख, ताजिम अन्सारी, नेपाली कांग्रेसका सलिम अन्सारी, संघीय समाजवादी पार्टीका खुर्सिद हबिब इराकी र राजपाका नेता तबरेज हक, इनामुल हक, कादिर अलीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Global Ime bank

मुस्लिम समुदायले विभिन्न ८ बुँदे माग ज्ञापनपत्रमा उल्लेख गरेका छन् । लकडाउनको समयमा हुनसकने कालोबजारी, कृत्रिम अभाव, आर्थिक अपचलनप्रति कानुनबमोजिम अनुगमन र कारबाही हुनुपर्ने, किसानहरूले उत्पादन गरेका तरकारी फलफूल, मासुजन्य र दुग्धजन्य कृषि उपजको बजारीकरण र पाकेको बाली भित्र्याउन साथै नयाँ बाली लगाउने वातावरण बनाउनुपर्ने, किसान, उद्योगी, व्यापारीहरूले बैंक तथा विपत्तीय संस्थाबाट लिइएको ऋणको एक वर्षको ब्याज मिनाहा गर्नुपर्ने, विपन्न परिवारको पहिचान गरी विपन्नता कार्ड उपलब्ध गराई घरघरमै राहत उपलब्ध गराउनुपर्ने मुस्लिम अगुवाले माग राखेका छन् ।

स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीहरू (पीपीई, थर्मल गनलगायत) औषधि, कोरोना परीक्षण किटलगायत आवश्यक उपकरणहरूको उचित व्यवस्थापन गरी स्थानीय स्तरमै कोरोना रोकथाम नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन माग गरिएको छ । 

महानगरद्वारा विराटनगरका मस्जिदको अनुगमन
यसैबीच, विराटनगर महानगरभित्रका मस्जिदहरूको अनुगमन सुरु गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरूसंगको समन्वयमा अनुगमन गरेका हुन् । पराजुलीले भने, “मुस्लिम समुदायलाई अहिले नकारात्मक दृष्टिले हेर्ने खतरा बढेको छ । हामीले मस्जिदका सञ्चालकहरूलाई बाहिरका मानिसहरू भने क्वारेन्टाइनमा राख्न र स्वास्थ्य परीक्षण गराउनसमेत छलफल गरेका छौं ।” मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा हसन अन्सारी, वडा १५ का अध्यक्ष असलम आलमलगायतले विभिन्न मस्जिदको अनुगमनपछि छलफलसमेत गरेको पराजुलीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा तथा धर्मगुरुहरू सचेत भएको र सहयोगी भूमिका खेलेको बताए । विराटनगर महानगरका १९ वडामध्ये ९ वटामा २५ वटा मस्जिद छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC