site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महानगरवासीको नि:शुल्क एम्बुलेन्सबाट १ सय ५० भन्दा बढीले सेवा लिए
Sarbottam CementSarbottam Cement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्सहरुले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पताल लैजान–ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेका छन् ।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको ६ दिनमै १५० भन्दा बढीलाई सेवा दिएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘मुख्य गरेर डायलेसिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले सेवा दिएका छन्,’’ उनले भने,  ‘‘व्यक्तिको संख्या हिसाब गर्दा १५० जनालाई सेवा दिएका छौँ । उहाँहरुलाई घर वा डेराबाट अस्पताल र उपचारपछि अस्पतालबाट फेरि घर वा डेरा पुर्‍याउने गरेका छौँ ।’’

सापकोटाले सम्झौता अनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भए पनि उपत्यका र बाहिरबाट  सेवाका लागि सम्पर्क गर्ने गरेको भन्दै त्यस्ता फोन दैनिक पचास बढीका आउने गरेको जानकारी  दिए ।  

Global Ime bank

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने , ‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गर्न आग्रह गर्दछु ।’ 

काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ ।  उक्त सेवा लिनका लागि १०२ मा सम्पर्क गर्न सकिने पनि प्रमुख शाक्यले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC