बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
धार्चुलामै आमाको किरियामा बसेका वासुदेवलाई नेपाल ल्याइयो 
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । भारतीय क्षेत्र धार्चुलामै आमाका किरियामा बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारीअनुसार उनलाई आजै केहीबेरअघि नेपाल ल्याइएको हो ।

छोरा लकडाउनमा रहेका बेला दार्चुला शैल्यशिखर नगरपालिकाका भट्टकी आमाको निधन भएको थियो ।

Duber nepal

Agani Group

भारतीय क्वारेन्टाइनमा बसेका भट्टलाई दुवैतर्फका प्रहरीको सहयोगमा दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर नेपाल प्रवेश गराइएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दिपेन्द्र शाहीले भट्टलाई नेपाल ल्याइएको बाह्रखरीलाई जानकारी गराए ।

नेपालमा रहेकी आमाको निधन भए पनि उनलाई नेपाल आउन दिइएको थिएन । गृह मन्त्रालयले केहीदिनदेखि पहल गरे पनि भारतीय पक्षले भने ढोका खोल्न मानेको थिएन ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय दार्चुलाको फेसबुकबाट 
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्