site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भेरी अस्पतालमा कोरोना परीक्षण सुरु
Sarbottam CementSarbottam Cement

बाँके । नेपालगन्‍जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु गरिएको  छ ।  रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपीसीआर) उपकरण  शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण सुरु भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै सुरु गरिए पनि आजबाट नमुना संकलन गरिएको छ । आरटीपीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौंबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगन्‍ज आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगन्‍जमा अभाव भएपछि काठमाडौंबाट मगाइएको हो ।  बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला सञ्‍चालन भएपछि अब स्वाब नमुना परीक्षणका लागि भैरहवा  अथवा काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ । सो उपकरणबाट  एकदिनमा १०० जनाको नमुना परीक्षण गर्न सकिने डा. थापाको भनाइ छ ।  

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शंकास्पद बिरामीमध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४ सय ९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

Global Ime bank

जिल्लाका विभिन्‍न अस्पतालमा उपचाररत १५ बिरामीको वैशाख ३ गते संकलन गरिएको ‘थ्रोट स्वाव’ को नमुनामध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शनिबार थप ८ जनाको नमुना संकलन गरिएको छ । हालसम्म बाँकेमा पीसीआर विधिबाट एक सय जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ । आरडीटी विधिबाट ४ सय ५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC