देश
दाङ । दाङमा माटोको ढिस्कोमा पुरिएर एक विद्यार्थीको मृत्यु भएको छ ।
घर लिप्ने माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते भएकी गढवा गाउँपालिका ७, मानपुरकी १८ वर्षीया शर्मिला परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार बेलुका ५ बजेतिर घरनजिकै घर लिप्ने माटो खन्न गएकी उनलाई माथिबाट झरेको ढिस्कोले पुरेको थियो । सख्त घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ११ मा पढ्थिन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७ १३:४२
प्रतिक्रिया दिनुहोस्