site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सङ्क्रमितका आफन्तको आरडीटी परीक्षण नेगेटिभ
Sarbottam CementSarbottam Cement

चितवन ।  गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको र्‍यापिड डायग्नोस्‍टिक टेस्ट (आरडीटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । 

राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका  आठ आफन्तको जाँच गरिएको र  ती सबैको  नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको सम्पर्कमा आएका दुई  सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका ८ स्थित ब्रह्मनगर माविको क्‍वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिइन् । 

सङ्क्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्‍वारेन्टाइनमा राखिएको उनको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्‍वारेन्टाइनमा राख्‍ने तयारी नगरपालिकाले गरेको छ । 

Global Ime bank

यसैबीच सङ्क्रमित देखिएका राप्ती नगरपालिका ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । नेपाल आएर दुई दिन काठमाडौंको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ ।

उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC