बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
घाँटीमा मासु अड्किएर मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

सल्यान । घाँटीमा मासु अड्किएर  एक जनाको मृत्यु भएको छ ।  शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।  

सल्यानचौरका बालाराम कुँवरका घरमा शनिबार राति झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन  छ । -रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्