देश
इलाम । सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाएको आरोपमा इलाममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–७ बस्ने २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बू छन् ।
सन्दीपले “इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत् भ्रामक अफवाह फैलाएको पाइएको जिल्ला प्रहरी कार्यालयबाट इलामले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा कोरोनाबारे भ्रमपूर्ण प्रचार गर्ने विरुद्धको कारबाही तिव्र पारेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७ १३:१०
प्रतिक्रिया दिनुहोस्