site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
कोभिड–१९ को महामारीमा महिला हिंसा 

महामारी वा प्रकोपमा सबैको मानसिक वा शारीरिक स्वास्थ्य जोखिममा पर्छ । त्यसबाट सबैभन्दा बढी असरमा पर्नेहरू भने सीमान्तकृत वर्गका हुन् । यसरी जोखिममा रहेकोमध्ये एउटा वर्ग महिला हो । सामाजिक संरचना, संस्कृति र परम्परा आदिका नाममा गरिएको असमान व्यवहारोक परिणामस्वरूप सामान्य अवस्थामा त स्वास्थ्य, सुरक्षालगायतका आधारभूत अधिकारबाट वञ्चित भएर हिंसाको सिकार हुने महिला यस्तो महामारीमा झन् बढी जोखिममा हुन्छन् । माहामारीका अवधिमा आधारभूत सेवाहरूमा यिनको पहुँच अत्यन्तै कम हुन्छ । कोभिड–१९ को महामारीमा पनि महिलामाथि हिंसाको बढ्दो जोखिमतर्फ विश्व स्वास्थ्य संगठनले विश्वसमुदायको ध्यान आकर्षित गरेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोभिड–१९ को माहामारीसँगै चीन, बेलायत र अमेरिकामा महिलाविरूध्द हिंसाका घटना निरन्तर वृध्दि भएका छन् । सोही प्रतिवेदनअनुसार सन् २०२० मा चीनको हुवेइ प्रान्तमा रहेको जिङजाउ सहरोक प्रहरी थानामा पछिल्लो वषभन्दा महिलाविरूध्द हिंसाको घटनाका तेब्बर बढी जाहेरी परेका छन् । संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रम –युएन विमेन) को एउटा प्रतिवेदनअनुसार मार्च १७ बाट गरिएको लकडाउनपछि महिला हिंसासम्बन्धी घटनामा ३० प्रतिशत वृध्दि भएको छ । साइप्रस र सिंगापुरमा हिंसापीडित महिलालाई सहयोग गर्ने ‘हेल्पलाइन’मा फोन गर्नेहरूको संख्यामा क्रमश∶ ३० र ३३ प्रतिशत वृध्दि भएको छ । यसैगरी सोही प्रतिवेदनले अमेरिका, क्यानाडा, जर्मनी र स्पेनलगायतका मुलुकमा घरेलु हिंसाका घटनाबाट पीडित भई आपतकालीन रूपमा महिला आश्रममा फोन गर्नेहरूको संख्या ह्वात्तै बढेर गएको देखाएको छ । 

विश्वमा महिलाको संख्याले आधाभन्दा बढी भए पनि अझै समाजमा धर्म, संस्कृतिका नाममा र पुरूषसत्तामक सोचका कारण महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेका छन् । संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी कार्यक्रमको एक प्रतिवेदनअनुसार विगतमा १२ महिनामा मात्रै विश्वभर १५ – ४९ उमेर समूहका २४ करोड ३० लाख महिला यौनजन्य तथा शारीरिक घरेलु हिंसाको सिकार भएका थिए । माहामारीको अवस्थामा त झन् बढ्दो तनाव, सुरक्षात्मक सञ्जाल तथा सामाजिक संघसंस्था एवं सेवामाथिको महिलाको घट्दो पहुँचलगायतले गर्दा महिला र बालबालिकामाथि हुने हिंसाको घटनामा वृध्दि हुने जोखिम बढ्छ । संसारभरमा भएका इबोला, सार्स, जीकालगायतका महामारीहरूको प्रभाव हेर्ने हो भने युएन विमेनको प्रतिवेदनअनुसार तिनले महिला हिंसामा वृध्दि गर्नुका साथै अवसरहरूमा महिलाको पहुँचमाथि नकारात्मक असर पारेका थिए । कोभिड–१९ ले महिलाहरूले बेहोर्दै आइरहेको कार्यभारमा थप बोझ पनि थपिदिएको छ । विद्यालयहरू बन्द भएकाले बालबच्चाहरूको स्याहारमा महिलाहरूले थप समय बिताउनु परेको छ । यसबाहेक लकडाउनले गर्दा महिलाको आर्थिक आयमा व्यापक असर पारेको छ । 

Agni Group

अहिले विश्वभर कोभिड –१९ बाट बच्न र बचाउन बन्दाबन्दी एवं सामाजिक दूरीलगायतका अभ्यासलाई विश्वका विभिन्न राष्ट्रले कार्यान्वयन गरिरहँदा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढिरहेका छन् र यसका धेरै कारण हुन सक्छन् । पहिलो कारण, यस्तो अन्योलपूर्ण परिस्थितिमा सबैतिर भविष्यमा के हुने हो भन्ने त्रास छ, जनजीवन ठप्प छ र दैनिक जनजीविका चलाउन अत्यन्तै कठिन हुँदै गइरहेको छ ।  अर्को, घर प्रायःजसो घरेलु हिंसा हुने प्रमुख थलो भएको हुँदा घरेलु हिंसाका सिकार महिलाका लागि सुरक्षित स्थान नहुन सक्छ । तर लकडाउनले महिलालाई घरोक चौघेराभित्र सीमित गरिदिएको छ ।  यसरी घरोक चौघेरामा थुनिएर बस्दा हिंसाका सिकार महिलाहरूले तिनै पीडकका समिपमा दिनरात बिताउनु परिरहेको छ । महिलामाथि हिंसा गर्ने पुरूषले सामान्य परिस्थितिमा महिलामाथि नियन्त्रण कायम गर्न र आफूले गरेको हिंसालाई बाहिर आउन नदिन र पीडितलाई थप मानसिक प्रताडना दिन उसलाई उसका आफन्त, साथीसंगी र छरछिमेकबाट अलग्याउने त गरेकै थिए र अहिले आएर सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले पीडक पुरूषलाई वरदानै साबित भएको हुनसक्छ । 

यसै त तथ्यांकअनुसार विश्वभरमा ४० प्रतिशत महिलाले मात्र आफूमाथि भएको हिंसाबारे औपचारिक जानकारी गराउँछन् त्यसमाथि यस माहामारीले महिलालाई आफूविरूध्द भइरहेको हिंसाविरूध्द बोल्न संकोच मान्नुुपर्ने परिस्थिति उत्पन्न गरिदिएको छ । यसबाहेक हिंसालाई मलजल गर्ने अभाव, बेरोजगारी, खाध्य असुरक्षा, मानसिक समस्यालगायतका कारक पनि महामारीले बढाइदिएको छ । बाहिर जानमा रोक छ, सार्वजनिक यातायात ठप्पप्रायः छन् र गइहालेपनि सहयोग गर्नेहरू ढोका प्रायः बन्द छन् । कारण सबै सामाजिक दूरीको अभ्यास गरी जो रहेका छन् । यस्तो बेलामा हिंसा पीडित महिला कहाँ जाने ? यसरी महिलालाई हिंसा सहेर घरकै चौघेराभित्र सीमित हुनुबाहेक के नै उपाय हुन्छ ? केही विकसित मुलुकका सरकारले महिलामाथि महामारीमा बढ्नसक्ने हिंसालाई ध्यानमा राखी हिंसापीडित महिलालाई सहयोग गर्ने संघसंस्था र आश्रयस्थलको कार्यक्रम जारी राख्न थप अनुदान दिएका छन् । नेपाललगायत विकासशील मुलुकहरूको भने त्यसतर्फ ध्यान गएको देखिँदैन । 

Global Ime bank

यो महामारीबाट उत्पन्न परिस्थिति नितान्त नौलो हो । कतिपय कुरा गर्दै सिक्दै जाने हो । कैयौं राष्ट्रले कोभिड –१९ ले विश्वलाई आक्रान्त बनाइरहेकै बखतमा महिला हिंसा रोकथाम गर्न र पीडितलाई सहायता गर्न उदाहरणीय कार्य गरेका छन् । त्यसबाट अन्य देशले सिक्न र आफ्नो परिवेशमा लागू गर्न सक्छन् ।

क्यानाडामा हिंसा पीडित महिलालाई आश्रय दिने सेल्टरहरू खुला राखिएका छन् भने सरकारले तिनलाई दिँदै आएको अनुदानमा समेत पाँच करोड क्यानेडियन डलर वृध्दि गरिदिएको छ । यसैगरी युएन विमेनको प्रतिवेदनअनुसार इटलीमा कोभिड –१९ को अवस्थामा घरेलु हिंसा गरेमा पीडकले घरबाट निस्केर जानुपर्ने र पीडित घरमा सुरक्षितरूपमा बस्न पाउनुपर्ने पैरवी त्यहाँका सरकारी वकिलहरूले गरेका छन् । फ्रान्समा हिंसापीडित महिलाहरूलाई आश्रय दिने सेन्टरहरूमा आश्रय माग्न आउने संख्या बढ्न गई उनीहरूको क्षमताले धान्न नसक्दा होटलहरूले हिंसापीडित महिलाहरूको सुरक्षित आश्रयका लागि आफ्ना ढोका खोलिदिएका छन् । चीनले प्रविधिको प्रयोग गरी ‘माहामारीमा महिलाविरूध्द हिंसा’को ह्यासट्याग महिला हिंसाविरूध्द वकालत गर्ने अभियान थालेको छ । हिंसाका घटना बारेको मौन भङ्ग गर्ने र पीडकहरूलाई सार्वजनिक गरेर पीडितलाई स्रोतसाधनमाथि पहुँच कायम गर्न मद्दत गर्ने काम गरिरहेको छ ।  

यस भयावह परिस्थितिमा राज्य, सरकारी तथा गैरसरकारी निकायको ध्यान विश्व स्वास्थ्य संगठनका मार्गनिर्देशन लागू गराउनेतर्फ केन्द्रित हुनु उपयुक्त हुन्छ । तर सामाजिक दूरीजस्ता अभ्यासले महिला तथा सीमान्तीकृत वर्गमा कस्तो असर पार्छ भन्ने मनन गर्दै त्यसबारेमा चनाखो हुने, तथ्यांक संकलन गर्ने र रोकथाम तथा सुरक्षाका उपाय अपनाउनु अत्यन्तै आवश्यक छ । 

महामारीको अवस्थामा सबैले ज्यान जोगाउन स्वास्थ्यसम्बन्धी मार्गनिर्देशन पालन गर्नु त आवश्यक छ नै सरकारले एवं महिला हकअधिकारका क्षेत्रमा काम गर्नेहरूले सामाजिक दूरी कायम गर्दै यस विषमपूर्ण परिस्थितिमा आवाजविहीनहरूको आवाज बन्दै महिलाविरूद्ध हिंसा रोकथाम गर्न र पीडितहरूको आधारभूत  अधिकार सुरक्षा गर्नु जरूरी छ ।  

नेपालको प्रसंगमा राज्यले महिला हिंसा रोकथाम र पीडितलाई न्याय एव सुरक्षा दिन नगण्य प्रायः प्रयास गरेको अवस्थामा हालको सरकारबाट धेरै अपेक्षा राख्न सकिँदैन । तैपनि नागरिक समाज र महिला हकहितको पैरवी गर्नेहरूले यस विपदको घडीमा महिला हिंसालाई कम गर्ने र पीडितलाई न्याय र सुरक्षा दिलाउन गरिने प्रयासहरूलाई जारी राखेर सरकारलाई झकझकाई रहनु अन्यन्त आवश्यक छ । यस सम्बन्धमा महिला तथा बालबालिका मन्त्रालय, महिला आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगलगायतले प्रभावकारी भूमिका खेल्न सक्छन् । 

राज्यले कोभिड–१९ महामारीविरूध्द लड्ने राष्ट्रिय योजनामा महिला हिंसालाई रोक्न पनि साधनस्रोत विनियोजन गर्नुपर्छ । साथै यस्ता महिला हिंसाविरूध्दका सेवालाई अत्यावश्यक सेवाका रूपमा मान्यता प्रदान गरिनु जरूरी हुन्छ । यसका साथै पीडकका साथमा बसी बारम्बार हिंसा सहन नपरोस् भन्नाका लागि हिंसापीडित महिलालाई सुरक्षितरूपमा बस्ने आवासका साथै आवश्यक परे छुट्टै क्वारेन्टिनको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । सबैको सहकार्यमा आआफ्नो क्षेत्रबाट गर्नसक्ने कार्य गरेर यस विपदको घडीमा महिला हिंसाको रोकथामका साथै कोही पीडित भइहालेमा उसलाई न्याय दिन र आधारभूत आवश्यकता पूरा गर्नु राज्यको कर्तव्य हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC