site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


बाटामा अलपत्र परेका लगायत नागरिकहरूलाई व्यवस्थितरूपमा घरसम्म पुर्‍याउन र तिनमा कोरोनाच संक्रमण परीक्षण गरी अभिलेख राख्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेशले अहिलेको संकटको विधिसम्मत, व्यावहारिक र मानवीय समाधानको बाटो देखाएको छ ।  अर्कातिर प्रधानमन्त्री  केपी शर्मा ओलीले भने बन्दाबन्दी थप कडा बनाएर अलपत्र परेका लगायत नागरिकहरूलाई जहाँ छन् त्यहीँ रोक्न निर्देशन दिएका छन् । सरकारमाथि विश्वास गुमाएका जनतालाई झ्यालखानामै हालेर थुने बेग्लै हो नत्र ‘जहाँ छौ त्यहीँ बस’ भनेर मान्नेवाला देखिएनन् । सरकारले सुरुमै संकटको व्यवस्थापन गर्न ध्यान नदिएकाले विश्वास गुमाएको हो। जनतालाई आश्वस्त पार्न सकेको भए सायद सहरमा रहेकाहरूयसरी अनिश्चित यात्रामा निस्कने थिएनन् । पहिले सरकाले नै सहरी क्षेत्रबाट कामदारहरू बाहिर निस्कुन् भनेजस्तो व्यवहार देखायो । बन्दाबन्दी घोषणा गर्न ढिलो गरेर र घोषणालगत्तै पनि काठमाडौं बाहिर निस्कने हुललाई व्यवस्थित नगरेर सरकारले ‘काउसो पन्छे’जस्तो ठानेको स्पष्टै देखिन्थ्यो । त्यसपछि सहायता वितरणमा भएको ढिलाइ, अव्यवस्था र उपेक्षाले आप्रवासीहरूलाई घर फर्कन बाध्य बनायो । नेपालको भूगोल र नेपाली समाजको विविधतापूर्ण संरचना हेर्दा सायद उत्तम उपाय पनि यही हो ।

 
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि आफूले कठोर कारावास सहेको कथा पटकपटक दोहोर्‍याउने गरेका छन् । उनको लामो कारावासको पृष्ठभूमि हेर्दा लोकतन्त्रप्रतिको प्रतिबद्धतामा शंका गर्नु न्यायोचित पनि देखिँदैन । तर, पछिल्ला अभिव्यक्ति र अभ्यासहरूले भने उनको प्रतिबद्धतामा शंका उब्जाएका छन् । सर्वोच्च अदालतले दिएको आदेशभन्दा ठीक उल्टो निर्देशन दिएर प्रधानमन्त्री ओलीले विधिको शासनको मान्यतामै प्रहार गरे । सर्वोच्च अदालतको आदेश प्रधानमन्त्री ओलीले थाहा नै पाइन वा सरकारसम्म आइपुगेको छैन भन्ने रकमी तर्क दिएर मानहानिको मुद्दा परे पनि सजायबाट बच्न सक्लान् तर उनको सर्वसत्तावादी नियत भने उदांगो भयो । मूलतः विश्राम गरिरहेका प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको निर्णय थाहै नदिइएको पनि हुनसक्छ । त्यस अवस्थामा चिकित्सा सामग्री खरिदमा जानकारी नदिने उनको सचिवालयको नियत स्पष्ट हुन्छ ।        

Prabhu Bank
Agni Group
NIC Asia


कोरोना संकटलाई पहिले चिकित्सा सामग्री खरिदका आडमा राज्यको ढुकुटी दोहन गर्ने मौका बनाइयो । सत्तारुढ दलका नेताहरूको आफन्तले सञ्चालन गरेको ओम्नी समूहलाई विधि र प्रक्रिया मिचेर दिइएको सामान आपूर्तिको ठेक्का व्यापक जनविरोधपछि खारेज गरेको घोषणा त गरियो तर जस्केलाबाट ओम्नीलाई पैसा भुक्तान गर्ने प्रपञ्च मिलाइयो । संकटका बेलामा पनि आर्थिक अनियमितताको पछि कुनै दिन हिसाबकिताब होला । तर, त्यसबाट जनस्वास्थ्यमा पर्ने दुष्प्रभाव भने कहिल्यै पूर्ति नहुने क्षति हो । उदयपुरमा भेटिएका संक्रमितहरू यसका उदाहरण हुन् । विधि प्रक्रिया मिच्ने र जनस्वास्थ्यलाई उपेक्षा गर्ने सरकारी रवैया यत्तिमा सीमित भने भएन । अहिले घर फर्कन खोज्नलाई व्यवस्थितरूपमा फर्काउनु भन्ने सर्वोच्च अदालतको आदेश पालना नगरेर सरकारले संविधानलाई नै चुनौती दिएको छ । प्रधानमन्त्री केपी ओलीको शुकवारको निर्देशन सर्वोच्च अदालतको ‘मानहानि’ भएको छ ।    


सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत व्यक्त जनमतको कदर गरेर घर फर्कन चाहनेहरूलाई व्यवस्थितरूपमा घर फर्कन सहयोग गरेको भए अहिलेको अवस्था उत्पन्न हुनेथिएन । घर जान खोजेका बेला सरकारले सहयोग गर्न भन्ने विश्वास जनतालाई दिलाउन सकेको भए उनीहरू पहिले बसैकै ठाउँमा बसिरहन पनि तयार हुन्थे होलान् । तर, वुहानमा अलपत्र नेपालीलाई फर्काउन जनदबाब दिनुपरेजस्तै पछिल्ला कदमहरूका बारेमा दिइएका सुझाव पनि सरकारले सुन्न चाहेन वा धेरै ढिलोमात्र सुन्यो । अहिले पनि बाटामा भएकाहरूलाई थुनेर राख्न न कानुनतः मिल्छ न मानवीय आधारमै सम्भव छ । यही संकटलाई निहुँ बनाएर देशमा संकटकाल घोषणा गर्ने र तानाशाही चलाउने दाउमा सरकार छैन भने तत्काल सर्वोच्च अदालतको आदेश पालना गरी विधिसम्मत र मानवीय उपाय अपनाओस् । सर्वोच्च अदालतको आदेश गलत हुनसक्छ तर त्यसलाई सच्याउन पनि विधिसम्मत बाटो अपनाउनुपर्छ । जानजान देशको कार्यकारी प्रमुखले सर्वोच्च अदालतको आदेश स्पष्ट उल्लङ्घन हुने गरी निर्देशन जारी गर्नु विधिको शासनको उपेक्षा नै हो । सरकारले नियतवश अदालतको अवज्ञा गरेको हैन भने अलपत्र नागरिकको उद्धार गर्ने आदेश तत्काल पालन गरोस् । सरकारले अदालतको अवज्ञा गर्न थाल्यो भने देश र जनताले निकै महँगो मूल्य चुक्ता गर्नुपर्ने हुन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC