site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सरकार त अभिभावक बनेन नै प्रतिपक्ष पनि नबन्ने ? 

‘रोगभन्दा भोक ठूलो’ भन्ने वर्ग अहिले देशका विभिन्न राजमार्गमा लालाबाला बोकेर रुँदै यात्रा गरिरहेका छन् । राजधानीमा भोकसँग लड्न नसकेर  लालाबालासहित थातथलोतर्फ पैदल हिँडिरहेका नागरिकले अहिले सरकार नभएको अनुभव गरिहेका छन् । नेपालको सिमानामा अलपत्र परेका नागरिकलाई त सरकारको रवैया हेर्दा आफू नेपाली नागरिक भएकोमा ग्लानि भएको होला । राज्यका आफ्नै समस्या होलान् तर सरकारले समस्या देखाउने होइन दायित्व पूरा गर्नुपर्छ । तर, यो संकटको अवस्थामा नागरिकप्रतिको राज्यको दायित्व सरकारले पूरा गर्नसकेको देखिएन ।

सरकारले राजमार्गमा अलपत्र परेको नागरिकको दायित्व राजधानीका पूरा गर्न नसकेपछि अर्थात् उनीहरुलाई सरकारप्रति भरोसा नभएपछि भोकै र रुँदै आफ्नो थातथलोको यात्रातर्फ लागेका हुन् । यस्तो बेलामा सरकारले जसरी पनि ती नागरिकलाई अभिभावकत्व दिनुपथ्र्याे । यसमा सरकार चुकेको छ । 

सरकार चुक्दैमा नागरिकमाथि दायित्व पूरा गर्न राज्य चुक्नुहुँदैनथ्यो । दुर्भाग्य, राज्य नै यो दायित्व पूरा गर्न चुक्दै गएको छ । राज्यको सञ्चालन सरकारले गर्छ तर राज्यको भनेको सरकारमात्र त होइन नि । 

Agni Group

राज्यमा त कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छन् । यस अर्थमा कार्यपालिकाले अर्थात् सरकारले अभिभावकत्व दिन नसकेपछि राज्यका बाँकी अंगले त्यो दायित्व पूरा गर्नुपर्ने हुन्थ्यो । यसमा न्यायपालिकाले आफ्नो दायित्व पूरा गर्दै अलपत्र नागरिकलाई उनीहरूको थातथलोमा पुर्याउने व्यवस्था मिलाउने सरकारलाई आदेश जारी गरेको छ । 

रह्यो व्यवस्थापिका । व्यवस्थापिका अर्थात् संसद् अहिले बन्द छ । व्यवस्थापिकाको सत्र बन्द हुँदैमा व्यवस्थापिकाका सदस्य नै नभएको होइन । व्यवस्थापिकाका सदस्य जनताका प्रतिनीधि हुन् । तिनले आआफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई कम्तीमा थातथलोसम्म पुर्याउने व्यवस्था गरे भने नागरिकप्रतिको दायित्व पूरा हुने थियो । 

Global Ime bank

व्यवस्थापिकाका सदस्यहरुले पनि आफ्नो दायित्व पूरा गर्न नसकेपछि व्यवस्थापिकामा मुख्य भूमिका भएको प्रतिपक्ष दलले यो दायित्व पूरा गर्नुपर्छ । प्रतिपक्षी दल भनेको वैकल्पिक सरकार पनि हो । सरकारले पूरा नगरेको नागरिकप्रतिको दायित्व पूरा गर्न नसके वैकल्पिक सरकार भन्ने हैसियत पनि हुदैन । र, प्रतिपक्षलाई त यस्तो अवस्था उपयुक्त अवसर पनि हो ।

जनसाधारणबीचमा बिग्रेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो छवि सुधार गर्ने सबैभन्दा उत्तम मौका इतिहासले दिएको छ । यो दायित्व पूरा गर्नेतर्फ नेपाली कांग्रेसले सोच्नुभन्दा पनि तत्काल निर्णय लिन सक्नुपर्छ । किनभने सरकार, संसद्ले गर्न नसकेको यो काम गर्न देशभर संगठनको संजाल भएको र प्रयोग गर्न सक्ने नेपाली कांग्रेसभन्दा अरु कुन शक्ति होला ? 

नेपाली कांग्रेसले तत्काल यो निर्णय लिएर आफ्नो देशभरको संगठनात्मक संजाल प्रयोग गरेर आलपत्र नागरिकलाई आफ्नो थालथलोमा सुरक्षित पुर्याउने पहल थाल्नुपर्छ । यो राज्यको निर्णय नमानेको वा अरु कुनै कारणबाट पनिे राज्यप्रति विद्रोह हुनेछैन । प्रतिपक्ष दलले (राजनीतिक, आर्थिक, यातायात, स्वास्थ) क्षेत्रको संगठन सञ्जाल प्रयोग गरेमा  नागरिकलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउन सक्छ । 

कांग्रेसले राजनीतिक संजाल प्रयोग गरेर देशभरका हरेक निर्वाचन क्षेत्रका उमेदवारलाई जिम्मा दिएर उनीहरुको थातथलोमा पुर्याउनुपर्छ । अनि स्थानीय तहसम्म पुर्याएर क्वारेन्टिन्मा राख्ने जिम्मा दिनुपर्छ । त्यसैगरी यातायात व्यवसायीको संजालको प्रयोग गन्तव्यसम्म पुर्याउन गर्नुपर्छ  । सवारी साधनलाई पूरै ‘सेनिटाइज’ गर्ने र अलपत्र नागरिकलाई स्वास्थ्य क्षेत्रको संजाल प्रयोग गरेर सामान्य ज्वरो नापेर गन्तव्यसम्म पुर्याउनुपर्छ ।

कांग्रेसले लिने यसो गर्ला कसैले पनि अवरोध गर्ने हिम्मत हुँदैन । अहिले राजमार्गमा पैदल यात्रा गर्दा नागरिकलाई रोकेजस्तो कांग्रेसले आफ्नो संजाल प्रयोग गर्दा रोक्ने हिम्मत स्थानीय प्रशासनसंग पनि हुँदैन । त्यसकारण सरकारले गर्न नसकेको काम छाया सरकारले गर्न सक्नुपर्छ । अनिमात्र कांग्रेसले प्रमुख विपक्षीको दायित्व पूरा गरेको ठहरिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC