site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाइरसभन्दा भोकले मार्ने हो कि ? 

हामी नेपालीलाई काम गर्दागर्दै त गाँस, वास र कपास जुटाउन सधैँ धौधौ हुन्थ्यो । अहिले त विश्वभर नै कोरोनाभाइरसको आतंक मच्चिएर दुनियाँ सबै बन्दाबन्दीमा  छ । सबै विपत्तिले पहिले सताउने बिहान काम गरेर साँझ हातमुख जोर्नेलाई नै रहेछ । सरकारले बन्दाबन्दी भनेको छ मान्नै पर्यो ।

नमान्दा पनि कोभिड –१९ बाटै पो मरिन्छ कि भन्ने डर । मानेर बस्यो भने भोकले नै पो मरिने डर भइसक्यो । सरकारले त घर बाहिर ननिस्किनु भनेर भनेको छ । घरभित्र बसिरहन खाना छैन । सरकारी सहायता पाउनै मुस्किल । पाए पनि खानै नसकिने कुहिएको । गरिब हुँदैमा कुहिएकै दाल चामल खाएर बसेको त हुदैन नि ! 

Prabhu Bank
Agni Group
NIC Asia

काम गर्न बाहिर निस्किन मिल्ने समयमा त साँझ बिहान त एक पेट मीठै खाइन्थ्यो । पर्याप्त खानेकुरा साँचेर राखेको पो हुदैन त । परिवार ठुलो हुन्छ । एक, दुईजनाको कमाइ । त्यो पनि न भने झैँ रोजगारी पाइन्छ । रोजगारी पाए पनि परिवार पाल्न पुग्ने ज्याला दिइँदैन । जहिले पनि श्रमिकहरुलाई त शोषण न भइरहेको छ नि । काम गर्दा नै पनि श्रमको उचित मूल्य छैन । त्यसैगरी सम्मान पनि छैन । कामलाई नै ठूलो सानो भनेर भेदभाव गरिएको हुन्छ । 

श्रमिकको पनि परिश्रमअनुसारको पारिश्रमिक पाउने भए त काम नहुँदा अर्थात् यस्तो समस्या पर्दा त केही सातासम्म बसेर खान सक्ने बचत हुन्थ्यो होला । 

Global Ime bank

सरकारले कोही पनि भोकै बस्नु पर्दैन भनेको त छ नि तर के गर्नु सहायता पाउने आशा नै नभएर विभिन्न स्थानमा श्रमिकहरु भोकभोकै गाँउ नै फर्किन बाध्य भएर पैदलै हिडिरहेका छन् । मजदुरले काम गरेकै ठाउँमा गाँँस, वास पाएको भए को त्यसरी हिँड्थ्यो होला र ? बाटाबाटामा भोको पेटमा छटपटाउँदै ई हिँडिरहेको तस्बिर जताततै देख्दा मन रुन्छ । आखिर काम गर्न पाउँदा त जति नै दुःख भए पनि एक पेट त खाएका थिए । आज काम नहुनेबित्तिकै पेट रित्तै बनाएर हिँड्नुपर्ने कस्तो परिस्थिति हो ? 

घरसम्म पुग्न सके भने ओल्लोपल्लोघर ऐँचोपैँचो गरेर खान पाएन्छ । गाउँमा अन्न सकिएछ नै भने पनि बनतिर गएर गिठ्ठाभ्याकुर त खान पाइन्छ । यही कारण पनि मजदुरहरू फर्केका हुन् । 

भोट माग्ने बेलामा दिनरात दुःखसुख सोध्न आउनेहरु आज भोकभोकै मर्ने स्थिति हुँदा कोही आएनन् । सरकार फेरियो तर श्रमिकहरुलाई हेर्ने दृष्टि फेरिएन । भाइरससँग त श्रमिकहरू जसोतसो बाँच्लाने तर भोकबाट भने सरकारले बचाएमात्र बाँचिएला । जनताले दुःखमा सरकारको साथ पाइन्छ भनेर ढुक्क हुन कहिले पाउने हो ? 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC