site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सञ्चारकर्मी सच्ची कोरोना संक्रमण आशंकापछि आइसोलेसनमा
Sarbottam CementSarbottam Cement

बोष्टन (अमेरिका) । कोरोनाभाइरस कसलाई कतिबेला लाग्छ थाहा हुँदैन । करिब २० दिनअघि सञ्चारकर्मी सच्ची मैनालीले फेसबुकमा आफूलाई कोरोना लाग्यो भने सार्वजनिक गर्छु तपाईँहरु के गर्नुहुन्छ भन्ने प्रतिवद्धतासहतिको प्रश्न गर्दै एउटा पोष्ट सार्वजनिक गरेकी थिइन् । त्यो बीचमा दिनहुँजसो उनले कोरोनाभाइरसविरुद्ध एकप्रकारले जनचेतनाको युद्ध नै छेडेकी थिइन् । कोरोनाबाट बच्ने उपायका जानकारीहरु, चिकित्सक तथा कोरोना जित्नेहरुसँग गरिएका अन्तर्वार्ताहरु मैनालीका फेसबुक लाइभका दैनिकजसोका विषयवस्तु हुने गर्दथे । अमेरिकाबाट सञ्चालित इनेपलिज न्युजसाइटका लागि सच्चीको साथमा नामक फेसबुक लाइभ कार्यक्रम विगत केही वर्षयता सञ्चालन गर्दै आएकी छन् ।

उनको फेसबुक लाइभका दर्शकहरु अमेरिका मात्र होइन नेपाल र उनको फेसबुक नेटवर्कमा भएका प्रायः सबै देशका नेपालीहरु थिए । हजारौँको संख्यामा भएका भ्यूजलाई हेर्दा पनि त्यो अनुमान गर्न सकिन्छ । उनले पस्केका सामग्रीहरुमा कोरोनालाई जित्न रोकथामका प्रशस्त खुराकहरु थिए । ति भिडियोका कमेन्ट सेक्सनमा उनीप्रति गरिएका कृतज्ञता र धन्यवादका शब्दहरु छन् ।

तर अचानक गत मंगलबार मैनालीले आफूलाई कोरोना भाइरसका जस्तै लक्षणहरु देखिएको जानकारी दिँदै फेसबुकमा यस्तो पोष्ट लेखिन्– अचानक शरीरमा पीडा बढ्न थाल्यो.., त्यसपछिका साढे तीनघण्टा मलाई जुन पीडा भयो त्यो शब्दमा व्यक्त गर्नै सक्दिनँ । त्यति भयानक पीडा त्यो पनि अचानकै । एकैछिनमा शरीर दुख्न थाल्यो । म पूरै साढे ३ घण्टा कापेको काप्यै भएँ । भमिट होला जस्तो भयो । छाति अलिकति दुख्यो र केही मिनेट सास फेर्न पनि अलिकति गाह्रो भयो ।’

Prabhu Bank
Agni Group
NIC Asia

उनको उक्त पोष्टअनुसार यी लक्षण देखिएको ५ दिनअगाडि उनी कस्टकोमा सपिङ् गर्न गएकी थिइन् । लक्षणहरु देखिएलगत्तै कस्टकोको म्यानेजर र आफना् चिकित्सकलाई फोन गरेको जनाएकी छन् । 

उनले पोष्टमा उल्लेख गरेकी छन्, “डाक्टरले अहिलेको लागि आइसोलेसनमा बस्न र श्वास फेर्न गाह्रो भए मात्र इमर्जेन्सीमा जान सल्लाह दिइन् ।”

Global Ime bank

उक्त लामो पोष्टको एउटा प्रसंगमा उनले भनेकी छन्, “आफूलाई कोरोना लागे सार्वजनिक गर्छु भन्ने सच्ची त झुठी पो रहिछन् भनेर कसैले आरोप लगाउन नसकोस् ! त्यो दिनको पोष्टको अन्तमा मैनालीले नोट भनेर लेखेकी छन्, कोरोना तपाईंलाई नलागेसम्म यो तपाईंको लागि मात्रै डेटा हो । लागिसकेपछि योसँग लड्नुको विकल्प छैन । यसलाई मजाक नसम्झिनुहोस् ! आफू पनि सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित राख्न मद्दत गर्नुहोस् ।’

अनि फेरि बुधबार साँझ अर्को पोष्ट आयो सच्चीको अवस्थाको अपडेटबारे । जसमा उनका चिकित्सकले पनि कोभिड १९ कै शंका गरेको र हरेक ८ घण्टामा १ हजार एमजीको टाइलेनोल र टामी फ्लू खान र रेष्ट गर्न भनिएको उल्लेख छ । 

उक्त जानकारीअनुसार मैनाली अहिले आाफनो घरमा नै आइसोलेशनमा छन् । कोभिड १९ को शंका गरिए पनि उनको लागि यतिखेर कुनै टेष्ट उपलब्ध नभएको जानकारी उनका चिकित्सकले मैनालीलाई दिएका छन् । 

कोरोनाको टेष्ट गर्न नपाउने कारणमा मैनालीले स्पष्ट पारेकी छन्, म पूर्णरुपमा स्वस्थ व्यक्ति भएको र मलाई डायबेटिज, मुटुको रोगलगायतका कुनै अरु रोग नभएको, म स्वास्थकर्मी नभएको र म कोरोना संक्रमित बिरामीको सम्पर्कमा सीधै नआएको हुँदा मैले कोरोना टेष्ट किट अभावका कारण टेष्ट गर्ने क्राइटेरिया मिट गर्दिनँ । ”

आफ्नो अहिलेको लक्षणका बारेमा मैनालीले सुत्न गाह्रो हुने, अलिअलि श्वास फेर्न गाह्रो हुने, बेलाबेलामा अलिकति छाति दुख्नेबाहेक एकदुई पटक खोकी थपिएको उल्लेख गरेकी छन् ।

अहिले कोरोना संक्रमण भएका नेपाली बस्तीहरुमा एकले अर्कालाई जानकारी नदिने परिपाटीले कोरोनाभाइरसको प्रसारमा व्यापकता आएको देखिन्छ । 

सच्चीले २० दिनअघि फेसबुकमा यस्तो लेखेकी थिइन्, “सोच्नुहोस्, तपाईंको सम्पर्कमा आएकाहरुलाई आफूलाई कोरोना लागेको नभनिदिँदा तपाईं बाँचेर उनीहरु मरे भने तपाईंलाई जीवनभर कस्तो महसुस होला ? के सुखले बाँच्न सकिएला ? म मा मानवता छ र मलाई कोरोना लागे म सार्वजनिक गर्छु तपाईँ के गर्नुहुन्छ ?”
मैनालीले करिब डेढ महिनाअघि अर्थात् मार्च ४ मा कोरोनाबारेको जनचेतनामूलक अन्तर्वार्ता टेक्सासका नेपाली चिकित्सक प्रकाश श्रेष्ठसँग लिएर शुरुवात गरेकी थिइन् ।

करिब डेढ दशकअघि अमेरिका जानुअघि सच्ची मैनाली प्रोपब्लिकको असल शासनमा कार्यरत थिइन् ।  उनी स्वर्गीय हास्यकलाकार गोपालराज मैनालीकी छोरी तथा नायिका सज्जा मैनालीकी दिदी हुन् ।

तस्बिरः सच्ची मैनालीको फेसबुकबाट


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC