site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना भाइरस र यसपछिको अर्थतन्त्र

चीनको वुहानबाट नोभेम्बर २०१९ मा सुरु भएको कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यो भाइरस नियन्त्रण गर्न संसारका सबै मुलुक प्रयासरत छन् । अहिले कोरोनाभाइसरबाट संक्रमति देशहरु सामु प्रमुख तीनवटा चुनौती छन् । पहिलो – संक्रमण देखिएका बिरामीलाई निको पार्ने, दोस्रो – नयाँ संक्रमण रोकथामका निम्ति उचित प्रबन्ध गर्नेे र तेस्रो – आर्थिक मन्दीको बाटोतर्फ लागिरहेको अर्थतन्त्रलाई उकास्ने ।

सन् २०१५ को विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दी थेगेर बल्लतल्ल उकालो लाग्दै गरेको नेपालको अर्थतन्त्रलाई कोरोनाको माहामारीले नराम्रो धक्का दिएको छ । ढिलै भए पनि बन्दाबन्दी (लकडाउन) गरेर नेपाल सरकारले जनताको जीवन रक्षाको निम्ति कदम अघि बढायो । देश उच्च जोखिममा भए पनि हालसम्म संक्रमणको संख्यालाई निकै कम देखिएकोे छ । जनतामा कोरोना संक्रमणको त्रास बढिरहेको छ भने अर्थतन्त्र दिनानुदिन कमजोर बन्दै गएको छ । बन्दाबन्दी अस्थायी समाधानको उपायमात्र हो । यसैले लकडाउन गरेर देशको अर्थतन्त्र कहिलेसम्म चल्ने हो भन्ने अहिले सरोकारवालाहरुको प्रमुख चिन्ताको विषय बनेको छ ।

कोरोनाभाइरस संक्रमण मत्थर भएपछि मात्र ध्यान दिने हो भने विश्वको अर्थतन्त्र जटिल मोडमा पुग्नेछ र आर्थिक गतिविधि सहजरुपमा संचालनमा आउन निकै समय लाग्नेछ । अर्थविद्हरुका अनुसार विश्वको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चिनेछ त्यो पनि कोरोनाको अन्त्य छिटोभन्दा छिटो भयो भनेमात्र । नेपालको  ७.९ प्रतिशत लक्ष्य राखिएको २०२० को आर्थिक वृद्धिदर एसियन विकास बैंकको प्रक्षेपणअनुसार ५.३ प्रतिशतमा खुम्चिनेछ र मुद्रास्फीति दर ६ प्रतिशतमा तन्किनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विप्रेषणमा आइरहेको तीव्र गिरावट, दैनिक ज्यालादारीमा निर्भर मजदुरहरुको बेरोजगारी, आयात र निर्यात दुवैमा आएको कमी, कृषि, पर्यटन र औद्योगिक क्षेत्रको घट्दो उत्पादन आदिका कारण अहिले देशको अर्थतन्त्र ठप्प छ । वैदेशिक रोजगारीका नयाँ अवसर सिर्जना हुन पनि निकै लामो समय लाग्ने देखिन्छ । विप्रेषणमा आएको तीव्र गिरावटको कारण वैदेशिक रोजगारीमा निर्भर परिवारहरुमा गम्भीर आर्थिक संकट पर्ने निश्चितै छ । कुल गार्हस्थ्य उत्पादनमा २५.६ प्रतिशत योगदान दिँदै आएको विप्रेषणमा अहिले कमी आएको छ र यसमा आउने दिनमा अझ कमी आउनेछ । यसले समग्र आर्थिक वृद्धिदरलाई असर पार्ने देखिन्छ । बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर निकैमाथि जाने अर्थविद्हरुको अनुमान छ  ।

यसैगरी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र देशको आर्थिक अवस्थालाई पर्यटनको माध्यमबाट विकास गर्ने नेपालको सपना चकनाचुर बनेको छ । पर्यटन, निर्माण, यातायात, खेलकुद, मनोरंजनसम्बन्धी सम्पूर्ण व्यावसाय ठप्प छन् । विश्वभर नै कोरोनाको कहर र आर्थिक क्षति भएको कारणले दाता राष्ट्र र अन्तर्राष्ट्रिय निकायजस्ता विकास साझेदारहरुबाट आएको सहयोगमा समेत कमी हुने देखिन्छ ।

Global Ime bank

आर्थिक मन्दीको गहिरो खाडलमा होमिएको अर्थतन्त्रलाई उकास्न अब सरकारले ल्याउने नीति र कार्यक्रम अझै प्रतीक्षाको विषय नै छ । अहिलेको सरकारका निम्ति यो निकै महत्त्वपूर्ण परीक्षाको घडी पनि हो । सरकारले समयमै उचित नीति र कार्यक्रम ल्याई डुब्न लागेको अर्थतन्त्र जोगाउन सक्यो पक्कै पनि जनताले मूल्यांकन गर्नेछन् । तर, सार्वजनिक भएका समाचारजस्तै यस्तो जटिल अवस्थामा पनि भ्रष्टाचार र गैरजिम्मेवारपूर्ण भूमिका देखाएर जनताको उपहास गर्ने हो भने त्यसको परिणाम सरकारको निम्ति निकै नराम्रो हुनेछ ।

अमेरिका, इटाली, स्पेन, अस्ट्रेलिया, चीनजस्ता विकसित राष्ट्रहरुको आर्थिक स्थिति समेत निकै पछाडि धकेलिएको छ । उनीहरुको अवस्थाबाट बेलैमा पाठ सिकी उचित योजनाल्याई अर्थतन्त्रलाई भासिनबाट जोगाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ । नेपाल राष्ट्र बैंकले कर्जा र ब्याज भुक्तानीको समय सीमा बढाउँदा व्यवसायीलाई थोरै सहुलियत मिलेको छ र छिट्टै नै सरकारले यस्ता अरू धेरै योजना ल्याउनु जरुरी छ ।

सरकारले साना तथा मझ्यौला उद्योग र कृषि उद्यमका निम्ति आर्थिक कोष सिर्जना गरी विनाब्याज  सहज कर्जा उपलब्ध गराउन भूमिका खेल्नुपर्छ । ठूला उधोगलाई सरकारको अनुदानमा अहिलेको भन्दा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, बिजुली बत्ती र करको दरमा पनि सहुलियत दिने व्यवस्था गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरु र पर्यटन क्षेत्रहरु डुब्नबाट बचाउन सहुलियत दरको ब्याज सहितको ऋण दिने व्यवस्था गर्नुपर्छ । देशभित्रै रोजगारका अवसर सिर्जना गर्न निजी क्षेत्रलाई उद्योग र कृषिमा प्रोत्साहन गर्नु अबको आवश्यकता हो ।

वैदेशिक रोजगारीबाट फर्केर आएका र देशमै केही गर्ने खोज्ने युवालाई प्रदान गर्दै आएको सहुलियत दरको ऋणलाई विस्तार गरी निरन्तरता दिनुपर्छ । साथै देशका अन्य युवाका निम्ति पनि यस्तै प्याकेजको व्यवस्था गरिनुपर्छ । कोरोनाको प्रभाव सकिनेबित्तिकै देशमै रोजगारका नयाँ अवसरहरु सिर्जना गर्न मेलम्ची, दुवै अन्तर्राष्ट्रिय विमानस्थल, ठूला तथा साना जलविद्युत् आयोजनाका साथै अन्य विकास निर्माणका आयोजना तीव्ररुपमा सम्पन्न गर्न लाग्नुपर्छ ।

देशमा उपलब्ध प्राकृतिक एवं मानव स्रोतको उचित व्वस्थापन गर्दै सरकारले सही योजना ल्यायो भनेमात्र अब डुब्न आँटेको अर्थतन्त्रलाई बचाउन सकिन्छ र यो लकडाउन अवधिमा नै सरकारले यस्ता योजनाहरु तर्जुमा गरिसक्नुपर्नेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC