site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्यूयोर्कमा कोरोना संक्रमित नेपाली घटे, एकता बढ्यो
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । कोरोनाभाइरसको अमेरिकी एपिसेन्टर न्यूयोर्कमा संक्रमितहरुको संख्या र अस्पताल भर्ना हुनेको संख्या घट्दै गएको ट्रेन्ड त्यहाँका गभर्नर एन्ड्रयू कुमोले बताउँदै गर्दा नेपालीहरुमा पनि त्यो ट्रेन्ड प्रतिबिम्वित हुन थालेको छ । 

न्यूयोर्कको नेपाली समाजमा सक्रिय संस्थाका प्रतिनिधिहरुले संक्रमितहरु पनि ठिक हुँदै गएको र नयाँ संक्रमित हुनेक्रम पनि घटेको बताएका छन् ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले बाह्रखरीसँग भने, “हालैका दिनमा सकारात्मक कुरा भनेको चाहिँ बिरामी नेपालीहरु विस्तारै ठिक भइरहेका छन् । भट्टराईका अनुसार ५० देखि ६० परिवार पूर्णरुपले निको भइसकेका छन् भने धेरैजना निको हुने क्रममा छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाभाइरस र अन्य कारणले न्यूयोर्कमा महाव्याधी सुरु भएयता ६ जना नेपालीले ज्यान गुमाएका छन् । 

न्यूयोर्कमा मानवअधिकार तथा सामाजिक क्षेत्रमा कार्यरत अधिकार नामक संस्थाकी निर्देशक नर्बदा क्षेत्री पनि केहीदिन यता सहयोगका लागि प्राप्त हुने फोनकलहरु कम आउन थोलको बताउँछिन् । 

Global Ime bank

“मानिसहरुमा होसियारी बढेकोले कम संक्रमण भएको हुन सक्छ,” क्षेत्रीले थपिन्, “यो राम्रो समाचार हो ।”

नेपालीहरु निको हुँदै गएको र नयाँ संक्रमण पनि कम भएको कुरा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट अर्कै किसिमबाट बुझ्छन् । 

“विगत केही दिनयता अत्यावश्यकीय सहयोगका लागि आउने फोनहरु पनि निकै कम भएका छन्,” विष्टले भने, “यसबाट पनि बुझ्न सकिन्छ कि नयाँ संक्रमण घटेको हो भन्ने कुरा ।”

संक्रमण भएको जानकारी फोनमार्फत दिएका नेपालीहरुले पनि आफ्नो लक्षण विस्तारै कम हुँदै गएको बताउन थालको विष्टले बताए ।

न्यूयोर्कका सबै सामाजिक संघसँस्था मिलेर महाव्याधीको बेला मास्क, स्यानिटाइजर, टाइलनोल आदिदेखि नेपालीहरुलाई आवश्यक परेको खण्डमा अन्य सामग्री पनि उपलब्ध गराउने गरेका छन् ।  अमेरिकाका विभिन्न राज्यबाट सहयोगीहरुले पठाएका ति आवश्यक सामग्रीहरु उनीहरुले मिलेर परिचालन गर्ने गरेका छन् ।   

समस्या अझै उस्तै

न्यूयोर्कका अस्पतालहरुले कोभिड १९ को उपचार सिकिस्त बिरामीहरुका लागि मात्र उपलब्ध गराउने गरेका छन् ।  श्वासप्रश्वास ठिकै रहेको र रगतमा अक्सिजनको मात्रा कम नभएका बिरामीहरुलाई घरमै बसेर उपचार गर्न भनेर फर्काइदिने गरेका छन् । एल्महस्र्ट हस्पिटलमा समूदायका तर्फबाट सञ्चालक समितिमा रहेका यादव बास्तोला भन्छन्, “समूहमा मिलेर बस्नेहरुका लागि यसले समस्या खडा गर्ने गरेको छ किनभने उनीहरुलाई क्वारेन्टाइनको लागि छुट्टै व्यवस्था छैन । यसैकारण पनि अपार्टमेन्ट सेयर गरेर बस्नेहरुले आफूलाई कोरोना संक्रमण भएको कुरा सँगै बस्ने अरुबाट गोप्य राख्ने गरेका छन् ।”

क्षेत्रीका अनुसार रुममेटलाई कोरोना भएको थाहा पाएपछि एकजना नेपाली एयरविएण्डबी बुक गरेर पनि बस्न गएका घटना पनि छन् ।

त्यस्तैगरी पैसा तिरेर होटलमा बस्न सक्ने नेपालीहरु रुममेटलाई कोरोना भयो भने आफूहरु होटलमा गएर पनि बस्ने गरेका छन् । अस्पताल र अन्य अत्यावश्यकीय सेवामा कार्यरत नेपालीहरुका रुम मेटहरु यो लकडाउनमा पूर्णरुपले घरभित्रै बस्ने गरेका छैनन् ।  आफू घरैमा बसे पनि सँगैको साथी काममा जानुपर्ने भएपछि उनीहरु पनि उबर चलाउन वा ग्रोसरी स्टोर, पेट्रोल पम्प आदिमा काम गर्न जाने गरेको पाइएको न्यूयोर्कमा रहेका गोकुल श्रेष्ठ बताउँछन् । 

“सँगै बस्ने साथी काममा जाने आउने भएपछि पूर्ण क्वारेन्टाइनको लक्ष्य पूरा नहुने तर्क गर्दै उनीहरु पनि आफूलाई सुरक्षित राखेर काममा जाने गर्छन्,” श्रेष्ठले थपे ।

संकटमा एकता र विवाद

न्यूयोर्कका नेपालीहरुद्वारा सञ्चालित सामाजिक संस्थाहरु प्रायः नेपालका विभिन्नि राजननीतिक दल, जातजाति, क्षेत्रीयता र धर्म आदिसँग सम्बद्ध छन् । न्यूयोर्कमा करिब डेढ दशक बसेर छिमेकी राज्य न्यूजर्सी सरेका कलाकार तथा सञ्चारकर्मी शैलेश श्रेष्ठ कोरोनाको महाव्याधीमा प्रायः सबै नेपाली संगठनहरु मिलेर काम गरिरहेको बताउँछन् । 

“विगतमा भने प्रायः जहिले पनि यी नेपाली सँस्थाहरुबीच प्रतिशोधात्मक प्रतिस्पर्धा रहँदै आएको थियो,” श्रेष्ठ भन्छन्, “तर कोभिड १९ को यो महाव्याधीमा उनीहरु एक अर्कासँग मिलेर काम गर्ने वातावरण तयार भइरहेको छ ।”

सामाजिक सञ्जालहरुमा न्यूयोर्कका नेपाली संस्थाका प्रतिनिधिहरु नेपालीहरुलाई स्यानिटाइजर, मास्क, ज्वरो घटाउन तथा दुखाइ कम गर्न खाने औषधी टाइलेनोलआदि वितरण गरिरहेका तस्बिर पोष्ट गरेको देखिन्छ । श्रेष्ठको यो भनाइजस्तै कार्यबाहक महावाणिज्यदूत भट्टराइको पनि यस्तै बुझाइ छ । 

उनी भन्छन्, “यो समयमा नेपाली समूदायका मानिसहरु एकजूट भएर लागिपरेका छन्, जुन सकारात्मक पनि हो ।”


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC