site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१२ हजार ९०६ जनाको नमुना संकलन र परीक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरसको आशंकामा मंगलबार सम्ममा दुवै आरडीटी र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको कोरोना भाइरसका आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आजसम्म चार हजार ८१९ जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर परीक्षण भइसकेको बताए ।

Agni Group

“आज देशैभरको अस्पतालहरूको आइसोलेसनमा ९९ जना उपचाररत रहेका छन्,” उनले भने, काठमाडौं उपत्यकका भित्रमा १२ जना र बाहिर ८७ जना रहेका छन् ।”

मन्त्राललये जारी गरेको हाम्रो स्वास्थ्य मोबाइल एप गत २४ घण्टामा ९ जना रेड जोनमा पुगेको उनले जानकारी दिए ।

Global Ime bank

आज पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लन्डनबाट आई बसोबास गर्ने एकै परिवारका तीनजना कोभिड १९ को शंस्कास्पदहरूको वैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुईजनाको पोजेटिभ देखिएकाले पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या १६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले हालसम्म सेती प्रादेशिक अस्पतालमा ५ जना, टेकु अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा २, नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जना र पाटन अस्पतालमा २ जना गरी हालसम्म १५ जना अस्पतालमा उपचाररत रहेको बताए ।

देवकोटाले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र एक जना निको भएर घर गइसकेको बताए ।

आज देशैभरका क्वारेन्टाइनमा ५ हजार ७७१ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका दुई मोबाइल एप ११३३ र १११५ को  कोरोना भाइरससम्बन्धी दुई हजार ६८८ जनाको गुनासो सम्बोधन गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC