site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशभर लागू गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि पुनः बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब आउने वैशाख १५ गतेसम्म देश बन्दाबन्दीमा राखिनेछ । नेपालमा गत २०७६ सालको चैत ११ गतेबाट बन्दाबन्दी लागू गरिएको थियो । भारतले पनि विश्वव्यापी बन्दाबन्दी वैशाख २३ सम्मका लागि बढाएको छ । देशभित्र बन्दाबन्दीको अवधि बढाएसँगै अन्तर्राष्ट्रिय उडान पनि वैशख १८ सम्मका लागि स्थगित गरिएको छ । चीनको वुहानमा गत मंसिर महिनामै देखापरेको नोभल कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ र राष्ट्रहरूलाई तदनुरूप व्यवस्था गर्न निर्देशन दिएको छ । कोभिड–१९ विश्वव्यापी महामारी घोषित भएपछि नेपालले पनि बन्दाबन्दी लागू गरेको थियो । 

संसारभरका सबैजसो मुलुकले मानिसहरूबीचको सम्पर्क बन्द गरेर संक्रमण रोक्ने रणनीति अपनाएका छन् । त्यसको सँगै संक्रमितको पहिचान र उपचारको प्रबन्ध पनि गरेका छन् ।  नेपाल, भारतलगायत केही मुलुकले भने मूलतः बन्दाबन्दीकै भरपरेको देखिएको छ । विशेषगरी बन्दाबन्दीबाट देशमा पर्ने असरका सम्बन्धमा सरकारहरूले लगभग उपेक्षा नै गरिरहेका छन् । भारतमा बन्दाबन्दीलगत्तै सडकमा पुगेका आप्रवासी कामदारहरूको भिड हेर्दा संक्रमण रोक्नका लागि नभएर फैलाउन पो बन्दाबन्दी गरिएको हो कि भन्ने भान हुन्थ्यो । यस्तै, दृश्यहरू अपेक्षाकृत कम भए पनि नेपालमा पनि देखिएको छ । सञ्चारमाध्यममा सार्वजनिक भएको कालीमाटीको तरकारी बजारको दृश्यले सरकारको अदूरदर्शिता र हेलचेक्य्राइँको पोल खोलेको छ । यद्यपि संक्रमणका लागि खासै ठूलो भिड चाहिँदो रहेनछ भन्ने पुष्टि काठमाडौं पेप्सीकोलाको एउटा अपार्टमेन्टमा भेटिएका संक्रमितहरूबाट भएको छ ।  

भारतले अवधि बढाइसकेको र देशभित्र परीक्षणको संख्यासँगै संक्रमितको भेटिने क्रम पनि बढ्दै गएको अवस्थामा सरकारसामु बन्दाबन्दीको समयावधि लम्यउनेबाहेक सायद अरू विकल्प पनि थिएन । तर, बन्दाबन्दीको अवधि बढाउँदा जनताको विशेषगरी गरिब, असहाय र कमजोर वर्गको दैनिक जीवन सहज बनाउने उपाय पनि सरकारले गर्नुपर्थ्यो । बन्दाबन्दीबाट देशको आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा पर्ने दबाबका सम्बन्धमा तत्काल उपाय खोज्न नागरिक समाजका विभिन्न वर्ग र समूहबाट गरिएको आग्रह अहिलेसम्म सरकारले उपेक्षा गर्दैआएको छ । स्वास्थ्य सामग्रीको व्यवस्थालगायत उपचारको प्रबन्धका लागि गरिएको आग्रहको यस्तै बेवास्ता गर्दाको परिणाम अहिले अभाव, अनियमितता, गुणस्तरहीन सामग्रीको आपूर्तिका रूपमा देखा परिसकेको छ । तैपनि, सरकारले यसरी अकर्मण्यता देखाउनु दुर्भाग्य हो । विशेषगरी निजी क्षेत्रसमेतको आग्रहअनुसारको आर्थिक उत्थानका योजना र कार्यक्रम तत्काल सार्वजनिक नगर्ने हो भने देश अकल्पनीय संकटमा पर्नेछ । चेतना भया !    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC