site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अपेक्षाकृत ढिलो र आवश्यकता भन्दा धेरै कम संख्यामा भए पनि कोभिड- १९ को परीक्षणको गति केही बढेको छ । यसअघि दिनको एक डेड सय जानको परीक्षण गर्ने गरिएकोमा २४ घन्टामा करिब नौ सय जनाको नमुना परीक्षण गरिएको आधिकारिक जानकारी दिइएको छ । पर्सामा थप तीन जना कोरोनाभाइरस संक्रमित भेटिएको समाचारले तर्साएको छ भने परीक्षणको गति र संख्यामा भएको सुधारले आशावादी बनाएको छ । औषधि पत्ता नलाग्दासम्मका लागि कोरोनाभाइरसको संक्रमण फैलन नदिने उपाय बन्दाबन्दीमा रहनुमात्रै भएको छ । अर्कातिर लामो समयको बन्दाबन्दीले जनतामा असुविधा र छटपटी बढाउन थालेको छ । यस्तो स्थितिमा जनतालाई केही थप समय असुविधा सहन तयार पार्नुको विकल्प देखिँदैन । जनताको पूर्ण साथ र सहयोग पाउन सरकारले गरेको काम जनताकै हितका लागि हो भन्ने विश्वास जनतामा जगाउनु जरुरी हुन्छ ।    

सरकारले अहिले कोरोनाभाइरसको परीक्षणका लागि विवादास्पद ‘र्‍यापिड टेस्टिङ किट’ प्रयोग गरेको समाचारले जनमानसमा अन्योल उत्पन्न गरेको छ । सरकारी अधिकारीहरूले नै चिकित्सा सामग्रीको विवादास्पद ठेक्का रद्द गर्दा ‘र्‍यापिड टेस्ट किट’ नेपालमै छानबिन गरेरमात्र प्रयोग गरिने बताएका थिए । त्यसको छानबिन भए नभएको र भएको भए कस्तो निष्कर्ष निस्कयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन । तर, त्यही विवादास्पद ठेक्काअन्तर्गत ल्याइएको किट प्रयोग गरेर अहिले परीक्षण सुरु गरिएको छ । त्यसबाट गरिएको परीक्षण पूर्ण विश्वसनीय नहुने चर्चा अन्तर्राष्ट्रिय स्तरमै व्याप्त भएको छ । नेपालमा गरिएको परीक्षणको गलत नतिजा निस्क्यो भने त्यसको परिणाम भयावह हुनसक्छ । सरकार निकट व्यापारी समूहको स्वार्थ रक्षाका लागि त्यस्तो भरपर्न नसकिने किट प्रयोग गरिएको हो भन्ने छाप जनमानसमा पर्न गयो भने त्यो कोरोनाको संक्रमण फैलिएजत्तिकै दुर्भाग्यपूर्ण हुनेछ ।      

नेपाल सरकारले आफ्नै उटपट्याङ हर्कतले विश्वसनीयता गुमाएको हो । यसैले सरकारका सबै क्रियाकलापप्रति जनमानसमा सन्देह व्याप्त छ । यस्तो सन्देह रहुन्जेल सरकारले जनताको सहयोग र साथ पाउन सक्तैन । यसैले अहिले सरकारले कोरोनाभाइरस रोकथाम र उपचारको प्रबन्ध मिलाउन दिए जत्तिकै प्राथमिकता जनमानसमा सरकारप्रति व्याप्त सन्देह मेटाउन पनि दिनुपर्ने देखिएको छ । विवादास्पद किटको प्रयोग गरिएको हो कि होइन र त्यसको नतिजा कति भरपर्दो हुन्छ भन्ने विषयमा सरकारले स्पष्ट शब्दमा सार्वजनिक जानकारी दिनु आवश्यक देखिन्छ । सरकारले ठेक्का रद्द गर्दा प्रयोग गरेको वाक्यले नै ‘¥यापिड टेस्ट किट’प्रति जनमानसमा अविश्वास उत्पन्न भएको हो । यसैले सरकारले नै जनतालाई आश्वस्त बनाउनुपर्छ । शासकहरूका निकट कृपापात्र व्यापारीको स्वार्थका लागि सरकारले जनताको जीवनसँग खेलबाड गर्दैछ भन्ने भ्रम निवारण गर्न सरकारको ध्यान जाओस् ।     
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC