site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काभानी भित्राउने एट्लेटिकोको मुख्य योजना 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) हाल विश्व फुटबलको महँगो टोली मध्येको एक हो । पीएसजीमा विश्व फुटबलका नाम चलेका खेलाडीहरु अनुबन्धन छन् । ब्राजिलियन स्टार खेलाडी नेयमार देखि लिएर फ्रान्सेली युवा स्टार खेलाडी केलियन एम्बाप्पे, उरुग्वेका स्टार खेलाडी इडिन्सन काभानी लगायत छन् । 

तर, काभानिको पीएसजीसँगको सम्झौता भने छिटै सकिँदै छ । काभानिलाई फ्रि टान्सर्फरमा भित्राउने एट्लेटिकोको योजना छ । यता पीएसजी भने उनलाई सम्झौता सकिनु भन्दा केही समय अघिनै बेच्ने योजना बनाएको छ । पीएसजीलाई पछिल्लो समय धेरै आर्थिक भार पनि छ । स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीले स्टार खेलाडी नेयमार भित्रायबाट पीएजीलाई हाल धेरै आर्थिक भार खप्नु परेको छ । 

काभानिलाई विन्टर विन्डोस ट्रान्सफरमा पनि एट्लेटिको जान सक्ने बताइएको थियो । तर, उनी क्लब मै रहे । काभानि हाल पीएसजीका लागि एक मुख्य अनुभवि खेलाडी पनि हुन् । पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि काभानि नै हुन् । उनले हाल सम्म पीएसजीका लागि २०० गोल पूरा गरि सकेका छन् । उनले लिग वानमा मात्र १३८ गोल पूरा गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC