site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘कौटिन्हो पुनः प्रिमियर लिग क्लब फर्कन चाहन्छन्’
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी फिलिपे कौटिन्होको पुन प्रिमियर लिग क्लब फर्कन चाहेको बताइएको छ । कौटिन्होका एजेन्ट किया जोराविचियनले कौटिन्होले हाल प्रिमियर लिग क्लब फर्कने चाहना बनाएको बताएका छन् ।

सन् २०१८ मा प्रिमियर लिग क्लब लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोनामा आएका कौटिन्हो पहिलो सिजन त्यति जम्न भने सकेनन् । पहिलो सिजन मध्यम प्रदर्शन गरेका कौटिन्होलाई बार्सिलोनाले लोनमा जर्मन क्लब वयार्न म्युनिखमा पढायो । 

Prabhu Bank
Agni Group
NIC Asia

“कौटिन्होले प्रिमियर लिग क्लब फर्कने चाहना गरेका छन् । तर, कहिलो फर्कने भन्ने छैन् । सबै कुरा मिल्यो भने उनी छिटैनै प्रिमियर लिग क्लब फर्कने छन्,” कियाले स्काइ स्पोर्टससँगको कुराकानिमा भने । 

कौटिन्होले पहिलो सिजन वयार्नमा पनि त्यति प्रसंशा बटुल्न सकेनन् । उनले वयार्नका लागि २२ लिग खेल खेल्दै मात्र ८ गोल गरेका छन् । बार्सिलोनामा भने उनले ५२ लिग खेल खेलेर १३ गोल गरेका थिए । 

Global Ime bank

“म आर्सनलको समर्थक हुँ त्यसमा कुनै दुई मत छैन् । खेलाडी जुनसुकै क्लबमा जाउन मलाई कुनै पनि त्यस्तो खालको लोभ छैन् । मैले कुनै खेलाडीलाई एक क्लब देखि अर्काे क्लब जान आग्रह गर्दैन । तर, कौटिन्होले च्याम्पियन्स लिग फुटबल खेलिसकेपछि हामीले धेरै कुरा गरेका थियौं । उनले प्रिमियर लिग क्लब फर्कने चाहना पनि बनाएका थिए,” कियाले भने । 

उनले थपे,“कौटिन्होले प्रिमियर लिगको खेला बेग्लै खालको प्रदर्शन गरेको हामीले देखेका पनि छौं । उनलाई प्रिमियर लिग खेल्दा बेग्लै अनुभुति हुन्छ । उनको प्रदर्शनमा पनि धेरै परिवर्तन आएको देख्न सकिन्छ ।,”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC