site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट ह्यामका खेलाडी तलव कटौती गर्न सहमत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्यामका खेलाडीहरु आफ्नो तलव कटौती गर्न सहमती जनाएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न वेस्ट ह्यामका खेलाडीले आफ्नो ३० प्रतिसत तलव कटौती गर्न सहमती जनाएका हुन् । 

वेस्ट ह्यमले शुक्रबार आफ्ना सबै खेलाडीहरुको तलव कटौती गर्ने बताएको हो । वेस्ट ह्यामले अफिसियल स्टेटमेन्ट निकाल्दै यस्तो महामारीको समयमा सबैले सहयोग गर्नु पर्ने भएकाले हामीले पनि तलव कटौती गर्ने निर्णय लिएका हौं । 

“यस्तो समयमा हाम्रो समाजका लागि सहयोग गर्न पाउनु भाग्यको कुरा हो । त्यसैले यो समयमा सबैले सहयोग गर्न जरुरी छ,” क्लबको स्टेटमेन्टमा लेखेको छ । वेस्ट ह्यामका खेलाडीहरुले पनि ‘प्लेअर टुगेदर फन्ड’मा पनि पैसा जम्मा गरेका छन् । जुन फन्ड प्रिमियर लिगका खेलाडीहरुले भर्खरै मात्र स्थापना गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC