site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लोकतन्त्रमा राज्य चलाउनेहरूले नै विधि र निषेधका सबै हद नाघेपछि मुलुकमा अराजकताको भुमरीमा पर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार त्यही बाटामा अग्रसर भएको देखिएको छ । बन्दाबन्दी कायमै राखेर पनि काठमाडौंबाट बाहिर जान चाहनेलाई सप्ताहान्तका दुई दिन मौका दिने निर्णय गरिएको जानकारी प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा दिइयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निर्णयको पक्ष विपक्षमा तर्कहरू हुँदै थिए सरकारले निर्णय फिर्ता लिएको जानकारी पनि त्यही पेजमा दिइयो । ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’का संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाहिर जाने निर्णय नै नभए दाबी गरे । त्यतिमात्र हैन, सञ्चारमाध्यमलाई नै अर्घेलो देखाउन प्रधानमन्त्री कार्यालयको आधिकारिक पृष्ठ नै मेटाइयो । यसरी कुनै अभिलेखै मेटाउनु सरकार मूल्य मान्यताका पथबाट पतनको बाटोमा लागेको भएको प्रमाण हो । 

कोरोनाभाइरस नियन्त्रणका लागि गरिनलागेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको वैधतामा प्रश्न उठाएपछि स्वास्थ्य सेवा विभागका लेखाप्रमुखलाई विभागमा सरुवा भएर आएको महिना दिन पनि नपुग्दै रातारात सरुवा गरियो । खरिदमा मनपरी गर्ने आफ्नो चाहनमा बाधा दिने आँट गर्ने कर्मचारीलाई ‘पाठ’ सिकाउन होला सरुवा भएर गएका अर्कै विभागका कर्मचारीसँग स्पष्टीकरण पनि सोधिएको छ । विधिसम्मत प्रक्रिया पालना गराउनु लेखा प्रमुखको विभागीय दायित्व नै हो । आर्थिक अनियमिततामा बढी नै मुछिने गरेको स्वास्थ्य मन्त्रालयमा विधिसम्मत प्रक्रिया पूरा गर्न राय दिने कर्मचारीलाई पुरस्कृत गर्नुपर्थ्यो । ठूलो परिणामको खरिदमा हुने ठूलै ‘लाभ’को बाटोमा प्रक्रियाको तगारो लगाउन खोज्ने कर्मचारी नेतृत्वको कोपभाजन हुनु नेपालको प्रशासनिक परम्परामा नौलै त होइन । तर, सरुवा गरिसकेपछि पनि स्पष्टीकरण मागेर प्रतिशोध लिन खोज्नु भने विधि, प्रक्रिया, प्रशासनिक मूल्य मान्यतालाई मिच्न नहिचकिचाउने प्रवृत्ति हो । 

कहिलेकहीँ निर्णय गर्दा पर्याप्त विमर्श भएन वा बुद्धि पुगेन वा नियत सफा भएन भने फिर्ता लिनुपर्ने हुन्छ । क्षति नहुँदै निर्णय फिर्ता लिनु ठूलो कमजोरी पनि हैन । कर्मचारीले नियम पालना नगरे वा नियतवश असहयोग गरे सरुवामात्र हैन अरू कारबाही पनि गर्नुपर्ने हुन्छ । तर, आफूले गरेको गल्ती छोप्न सरकारको आधिकारिक अभिलेखै मेटाउनु भने प्रचलित कानुनअनुसार दण्डनीय अपराध हुन्छ । यो नेपाल प्रेस काउन्सिलले भनेजस्तो ‘प्राविधिक त्रुटि’ नभएर बदनियतपूर्ण अनैतिक कार्य हो । स्वास्थ्य सेवा विभागका लेख प्रमुखको सरुवा र स्पष्टीकरणजस्तै विधि, प्रक्रिया, नैतिकतालाई ‘ह्याकुलाले मिच्ने’ प्रवृत्तिको उदाहरण हो । परन्तु, लोकतन्त्रमा यस्तो हुकुमी शासन चलाउन चाहने प्रवृत्ति फ्रेन्च गायनाको एउटा प्रजातीको धमिराको जस्तै आत्मघाती हुनसक्छ । शत्रुको शंका लाग्नेबित्तिकै त्यस प्रजातिको धमिराले शरीरबाट विष निकाल्छ र त्यही विषले उसको ज्यान लिन्छ । अहिलेको सरकार राज्यका सम्पूर्ण संस्था र स्रोतमा त धमिरा सिद्ध भएकै छ । पछिल्ला क्रियाकmापले उसलाई फ्रेन्च गायनाको विषालु धमिरा बनाउन लागेको देखिन्छ । प्रधानमन्त्री केपी ओली स्वयंको संरक्षणमा भएजस्तो देखिने विधि, प्रक्रिया, नैतिकता र मूल्यमान्यता ध्वस्त पार्ने आत्मघाती खेल तत्काल बन्द नभएर धमिराकै नियति भोग्नुपर्ने हुनसक्छ । चेतना भया ! 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC