site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङका कसैमा पनि कोरोना नभएको पुष्टि
Ghorahi CementGhorahi Cement

दाङ । दाङका ८ जनालाई पनि कोरोना नभएको पुष्टि भएको छ । योसहित अब दाङका २० जनामानै कोरोना संक्रमण नभएको अस्पतालले जनाएको छ । केही दिन पहिले भारतबाट आएका व्यक्तिहरुको जाँच गर्दा दुई जनामा कन्चनपुर र कैलालीमा एक एक जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि उनीहरु सँगै आएका व्यक्तिहरुको पनि स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस क्रममा दाङका १० जना व्यक्ति सोही समूहसँग गौरीफन्टा नाका भएर आएका थिए ।उनीहरु मध्ये ८ जनालाई जिल्ला विपत व्यवस्थापन समिति र सम्बन्धित पालिकाले खोजी गरी कोरोना अस्पताल बेलझुण्डीमा भर्ना गरेका थिए ।

Agni Group

उनीहरुसहित २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको र सबैको रिपोर्टमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए।

जसमा घोराही उपमहानगरपालिका ४ का ५ जना गौरीफन्टा नाका र एक जना रुपैडिया नाका भएर आएका गरी ६ जना थिए ।

Global Ime bank

त्यसैगरी, दुबईबाट आएका तुलसीपुर उपमहानगरपालिकाका ५ जना, प्यूठानका गौरीफन्टा नाका भएर आएका ३ जना र दुबईबाट आएका २ गरी ५ जना, गौरीफन्टा नाका भएर आएका लमही नगरपालिका, बबई र राजपुर गाउँपालिकाका एक एक जना गरी ३ जना र शान्तिनगर गाउँपालिका घर भई प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी एक जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC