site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बार्सिलोनामा मेसीका उत्कृष्ट प्रतिस्थापन नेयमार’
Ghorahi CementGhorahi Cement

एजेन्सी । ब्राजिलियन विश्वकप विजेता माजिन्होका अनुसार नेयमार बार्सिलोनामा कप्तान लियोनेल मेसीको उत्कृष्ट प्रतिस्थापन भएको बताएका छन् । उनले नेयमार क्लबलाई आवश्यकता भएको र मेसीको स्थान लिन सक्ने बताएका हुन् । 

यतिबेला पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर नेयमार पनि बार्सिलोना फर्किन चाहेको समाचार सञ्चारमाध्यमका बारम्बार आइरहेका छन् । उनी सन् २०१७–१८ को सिजनमा विश्व कीर्तिमानी मूल्यमा लिग वान क्लब पीएसजी पुगेका थिए । 

Agni Group

नेयमार सन् २०१९–२० को सिजन पूर्वबार्सिलोनामा फर्किने समाचारले निकै चर्चा पाएको थियो । तर, उनका लागि क्लबबीचको सहमति नजुटेपछि उनी फ्रान्सेली राजधानीमा नै रहन बाध्ये भएका थिए । उनले बार्सिलोना फर्किनका लागि नै लिग वानका सुरुवाती केही खेल समेत गुमाएका थिए । नेयमारले पीएसजीका लागि सबैखाले २२ खेलमा १८ गोल गरेका छन् । 

नेयमारलाई फेरि एकपटक बार्सिलोनाका सम्मिलित गर्ने तयारी गरिएको छ । यसअघि सुपरस्टार तथा ६ पटकका बालोन डी’ओर विजेता मेसीको छायाबाट भाग्न उनले क्लब छाडेको बताइएको थियो । तर, हाल बार्सिलोनाले मेसीकै प्रतिस्थापन खोजिरहेकाले नेयमार क्लबका लागि आवश्यक भएको बताइएको छ । 

Global Ime bank

“उनी मेसीको उत्कृष्ट प्रतिस्थापन हुन् । मेसीलाई प्रतिस्थापन गर्ने अरू कुनै विकल्प छैन,” रेडियो मार्कासँग कुरा गर्दै माजिन्होले भने, “क्लबले उनका लागि भोलि नै कदमअघि बढाउन जरुरी छ । मलाई विश्वास छ कि क्लबले उचित कदम चाल्नेछ ।”  उनले यो जटिल परिस्थिति भएकाले कोरोना भाइरसकाबीच फुटबल खेल्नु चिन्ताजनक भएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC