site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. भट्टराईले ‘बुलबुल’ निर्देशकलाई भने– ओस्कारमा जाने खालकै चलचित्र बनाउनु भएको रहेछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र ‘बुलबुल’ आफूलाई मन परेको बताएका छन् । निर्देशक बिनोद पौडेललाई टेलिफोन गरेर डा. भट्टराईले चलचित्र बुलबुलले मन छोएको बताएका छन् । 

“चलचित्रको नाम सुन्दै मलाई हेर्न मन लागेको थियो । तर रिलिज हुँदा हामी श्रीमान् श्रीमती दुबै बाहिर थियौं, त्यसैले हेर्न पाएका थिएनौं,” बिनोदले डा. भट्टराईलाई उद्रित गर्दै भने, “पछि ओस्कारमा गएको थाहा पाएपछि झन हेर्न मन लागेको थियो । आज चलचित्र हेर्दा जानै पर्ने चलचित्र ओस्कारमा गएको रहेछ भन्ने लाग्यो । नेपालको प्रतिनिधित्व गर्ने खालको चलचित्र बनाउनु भएको रहेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

डा. पत्नी हिसिला यमीले चलचित्रको अन्तिम ओपन इन्डेड सिन आफूलाई पावरफुल लागेको भन्दै छोरी र आमाको मनोविज्ञानको गहन चित्रण गरेको भन्दै निर्देशकको प्रशंशा गरेको बिनोदले सुुनाए । आम नेपाली महिलाको विषयलाई सुन्दर चित्रण गरेको भन्दै उनले नेपाली चलचित्र पनि राम्रो बन्न थालेको भन्दै खुसी व्यक्त गरेकी थिइन् । बिनोदले सबैभन्दा धेरै गाली खाएको अन्तिम सिनको नै हिसिलाले प्रशंसा गर्दा आफ्नो कामको उचित मुल्यांकन भएको अनुभूत गरेको उनले बताए । 

सपरिवार बसेर चलचित्र हेरिसकेपछि छोरी मानुसीले बुवाआमा तपाईंको चलचित्र बुलबुलबारे कुरा गर्ने रे भन्दै बिनोदलाई टेलिफोन गरेकी थिइन् । 

Global Ime bank

बिनोद पौडेलले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् । बैशालु उमेरमै श्रीमान् विदेश गएपछि काठमाडौंमा परिवार सम्हालेर बसेकी श्रीमतीको यौन मनोविज्ञान र पारिवारिक जिम्मेवारी चलचित्र ‘बुलबुल’ को मुख्य कथानक हो ।  

‘बुलबुल’ अहिले डिजिटल प्ल्याटफर्म फेपीमा ५० रुपैयाँ तिरेर हेर्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC