site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘अलपत्र नागरिकलाई निश्चित गन्तव्यमा पुर्‍याउन लागेका हौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अलपत्र नागरिकलाई आफैंले व्यवस्थापन गरेर निश्चित गन्तव्यसम्म पुर्‍याउने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रोजगारी बन्द भएर अलपत्र परेका श्रमिक, उपचार गर्न आएका बिरामी, उनीहरूका आफन्तलाई शुक्रबार र शनिबार उपत्यका बाहिर, उनीहरूको गन्तव्यस्थानसम्म पुर्‍याउने तयारी गरेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उपचार गर्न आएका थिए बिरामी, उनीहरूको आफन्त, जसको रोजगारी गुम्यो, बन्द भयो त्यस्ता श्रमिकहरूलाई निश्चित गन्तव्यसम्म लगेर छाडिदिनेगरी निर्णय गरिएको हो,” ज्ञवालीले बाह्रखरीसँग भने ।

सरकारी योजनामा स्र्कटिङ सहित पठाउने ज्ञवालीले जानकारी दिए ।

Global Ime bank

सरकारले निश्चित ठाउँसम्म पुर्‍याउने र त्यहाँबाट सम्बन्धित जिल्लाले अर्को जिल्लासम्म गर्दै गन्तव्यमा पुर्‍याउने योजना रहेको उनले बताए । गृहमन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आवश्यक योजना बनाइरहेको ज्ञवालीको भनाइ छ ।

सामाजिक, भौतिक दूरी, किटाणुशोधनलगायत आवश्यक सबै प्रक्रिया पूरा गरेर अलपत्रको उद्धार गरिने ज्ञवालीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC