site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘रोनाल्डो रिसाएको देख्दा खुसी लाग्यो’
Sarbottam CementSarbottam Cement

एजेन्सी । लिग लिडर युभेन्ट्सले सिरी ‘ए’का २६ खेल खेल्दा २० खेलमा जित तथा समान तीन खेलमा हार र बराबरी खेलेको छ । ६३ अंकसहित शीर्ष स्थानमा रहेको युभेन्ट्सले व्यहोरेको तीन खेलको हारमध्येको एक खेल वेरोनासँगको हो । 

वेरोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट् घरेलु टोलीसँग २–१ ले पराजित भएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हालमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ७६औं मिनेटमा वेरोनाका फैयिबो कोरिनी र ८६औं मिनेटमा गिम्पाओली पाजिनीले गोल गर्दा युभेन्ट्स पराजित हुन पुग्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त जित वेरोनाका लागि सिजनको सबैभन्दा आकर्षकमध्येको एक रहेको पोर्चुगिज तथा वेरोनाका मिडफिल्डर मिगुइल वेलोसोले बताएका छन् । उनले आफ्ना राष्ट्रिय टोलीका खेलाडी रोनाल्डोलाई पराजित गर्न पाएकोमा खुसी भएको बताए । 

उनले एक इन्स्ट्राग्राम स्टोरीमा खेल्दै रोनाल्डोलाई पराजित गरेको दिन धेरै खुसी भएको बताएका छन् । “रोनाल्डोलाई म चिन्छु । र मलाई थाहा छ उनी हार्न मन पराउँदैनन् । तर, हामीले हराउन सफल भयौ,” वेलोसोले भने, “हामीले खेलपछि कुराकानी गरे पनि खेलका दौरान रिसमा रहेका रोनाल्डो हेर्न लायक थिए ।”

Global Ime bank

उनले यस सिजनलाई आफ्नो आफ्नो उत्कृष्ट सिजनका रूपमा रहेको बताउँछन् । उनले टिमको प्रदर्शन राम्रो रहे व्यक्तिगत गुणत्वसमेत अगाडि आउने बताए । उनी गेनोआबाट यसै सिजन वेरोना पुगेका थिए । 

“यो मेरो सबैभन्दा राम्रो सिजन हो । त्यसका लागि क्लब र सबै साथीलाई धन्यवाद दिन चाहन्छु । सिजनको सुरुवातमा मैले आफ्नो उत्कृष्ट दिने सोचेको थिए । आशा छ कि यस उत्कृष्ट सिजनको अन्त्य गरुँ,” उनले भने । 

वेरोनाले यस सिजन लिगका २५ खेल खेल्दा ३५ अंक जोडेर आठौं स्थानमा छ । वेरोनाले २५ खेल मध्येबाट ९ खेलमा जित निकाल्दा समान ८ खेल बरारबी र हार व्यहोरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC