site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरकुसेनले गोलरक्षक ग्रिललाई अनुबन्ध गर्‍यो 
Ghorahi CementGhorahi Cement

एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बायर लिभरकुसेनले लेनार्ट ग्रिललाई अनुबन्ध गरेको छ ।  लेबरकुसेनले बुधबार केसरस्लटर्नका गोलरक्षक ग्रिलमा अनुबन्ध गरेको घोषणा गरेको हो । 

जर्मनीका अन्डर–२१ अन्तर्राष्ट्रिय खेलाडी ग्रिलले सिजन २०२०–२१ बाट लिभरकुसेनमा आफ्नो सिजनको सुरुवात गर्नेछन् । क्लबले ग्रिलसँग जुन २०२४ सम्मका लागि सम्झौता गरेको जनाइएको छ । 

Agni Group

कोरोना भाइरसका कारण खेल स्थगित हुनुपूर्व ग्रिल केसरस्लटर्नका पहिलो रोजाइका गोलरक्षक थिए । ग्रिलले आफू लिभरकुसेनको टिममा सहभागी हुन पाएकामा धेरै खुसी भएको बताएका छन् । 

ग्रिलले भने, “म छिटै युरोपको एक महत्त्वकांक्षी क्लबको सदस्य बन्दै छु । त्यसमा धेरै खुसी छु ।” क्लबले पनि एक उच्च प्रतिभाशाली गोलरक्षकलाई अनुबन्ध गर्न सफल रहेको बताएको छ । “यो एक दीर्घकालिन अनुबन्ध हो । ग्रिल धेरै सम्भावना बोकेका खेलाडी हुन् । हामी धेरै खुसी छौं किनभने उनी हामीसँग सम्झौता गर्न सहमति भए,” क्लबले भन्यो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC