site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेयमार र मार्टिनेजलाई बार्सिलोनामा स्वागत छ’
Ghorahi CementGhorahi Cement

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइस सुअरेजले एक उत्साहजन संकेतका रूपमा नेयमार र मार्टिनेजलाई बार्सिलोनामा स्वगत रहेको बताएका छन् । उनले दुवै खेलाडी बार्सिलोनाका लागि आवश्यक भएको भन्दै क्लबमा स्वागत रहेको बताएका हुन् । 

“यो अवस्थामा खेलाडीको ट्रान्सफरका विषयमा कुरा गर्न मुस्किल छ । तर, म भन्न सक्छु कि उनी उत्कृष्ट खेलाडी हुन्,” सुअरेजले भने, “नेयमारबारे सबैलाई थाहा छ र हामीले उनीबारे ड्रेसिङ रुममा धेरै प्रशंसा गर्यौं । जो एक खेलाडीका रूपमा निर्विवाद छ । नेयमारसँग अझैपनि धेरै थोक छ । हामी ड्रेसिङ रुममा उनलाई सधैं स्वागत गर्न तयार छौं ।”

Agni Group

नयाँ सिजनको सुरुवात पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमार बार्सिलोना फर्किन सक्ने हल्ला चलेको छ । नेयमारले सुअरेजसँग दुई ला लिगा र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।  

“मार्टिनेज एक राम्रो खेलाडी हुन् । इटालिमा उनको प्रदर्शन राम्रो रहेको छ । यसले यो दर्शाउँछ कि उनी कति महान स्ट्राइकर हुन भनेर,” सुअरेजले भने, “क्लब त्यस्ता खेलाडी टोलीमा समावेश गर्न चाहन्छ । जो क्लबको लक्ष्य र उद्देश्य पूरा गर्न सक्नेछन् । त्यसैले उनीहरुको आगमनले मलाई असरभन्दा पनि खुसी महसुस हुन्छ ।”

Global Ime bank

सुअरेजले टिमको स्वस्थ प्रतिस्पर्धाका लागि आफू सधैं सहमत रहेको बताए । त्यसैले यस्ता खेलाडीले टिम मजबुत हुने र आफू टोलीमा स्वागत गर्न तयार रहेको बताएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC