site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खेलाडीलाई अनुरोध, ‘विपत्‌मा स्वयंसेवा गर्न तयार हुनुहोस्’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइसर नियन्त्रणका लागि सरकारले खेलाडीलाई पनि परिचालन गर्ने भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले स्वयंसेवकका रूपमा खेलाडीहरूलाई पनि परिचालित हुन आग्रह गरेको छ । विपतका बेला सबैको सहयोगको खाँचो रहेकाले सबै खेलाडीहरू परिचालित हुन आग्रह गरिएको हो ।

Agni Group

खेलकुद मन्त्रालयले खेलाडीहरू परिचालनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिष्द (राखेप) लाई दिएको छ । अब राखेपले सबै स्थानीय तहमा रहेका खेलाडीहरूलाई आफ्नो मातहतमा रहेका स्थानीय तहमा परिचालित हुन आग्रह गरेको हो । 

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले आफूहरूले सबै स्थानीय तहमा रहेका खेलाडीहरूलाई पहिले नै परिचालित हुन आग्रह गरिसकेको हुनाले मन्त्रालयको निर्णलाई कदर गर्दै सबै खेलाडीहरूलाई पुनः आग्रह गर्ने बताए ।

Global Ime bank

“संकटका समयमा हामीले खेलाडीहरूलाई यसअघि पनि परिचालित हुन आग्रह गरिसकेका छौं । अहिले कोरोना भाइरसको संक्रमणको दोस्रो स्टेपमा छौं । पुनः स्थानीय तहमा रहेका खेलाडीहरूलाई आफ्नो मातहतमा रहेका स्थानको समस्या समधान गर्न स्वयंसेवकको भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छौं,” सदस्यसचिव सिलवालले बाह्रखरीसँगको कुराकानीमा भने । 

यद्यपि राखेपले एकैपटक सबै खेलाडीलाई परिचालन भने गर्ने छैन । स्वयंसेवकका रूपमा अहिले मातहतका खेलाडीहरूलाई पहिलो चरणमा परिचालन गरिनेछ । आवश्यकताअनुसार र स्वयंसेवकको भूमिकामा आउन चाहाने खेलाडीलाई स्थानीय तहबाटै प्रथामिकता दिँदै परिचालन गरिनेछ । 

काठमाडौंको ठूलो क्षेत्रमा भने खेलाडीहरू धेरै परिचालन गर्नुपर्ने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै लकडाउनमा निश्चित खेलाडीहरू मात्र परिचालन गर्ने राखेपको योजना छ । खेलाडीहरूलाई राखेपले पहिलो चरणमा लागत संकलन गर्नेछ । कुन स्थानीय तहमा कति खेलाडी छन् भन्ने तथ्य संकलन गरेर आवश्यकताअनुसार खेलाडी परिचालन गर्ने राखेप सदस्य–सचिव सिलवालले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC