खेल
एजेन्सी । इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी जोस बट्लरले विश्वकपको फाइनलमा प्रयोग गरेको जर्सी बिक्री भएको छ । विश्व विजेता इङ्ल्यान्ड क्रिकेट टिमका विकेटकिपर बट्लरको जर्सी ६५ हजार १०० पाउन्डमा बिक्री भएको हो ।
बट्लरले कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको रोयल ब्रोम्प्टन एन्ड हारेफिल्ड अस्पताललाई सहयोग गर्ने बताउँदै आफ्नो जर्सी लिलाममा राखेका थिए । बट्लरको उक्त जर्सीलाई ८२ जनाले बोली लगाएका थिए । अन्त्यमा उनको जर्सी सर्वाधिक ६५ हजार १०० पाउन्डमा बिक्री भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६ १४:१४
प्रतिक्रिया दिनुहोस्