site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रासमा छ सुदूरपश्चिम, प्रदेशभर एउटामात्रै सरकारी ‘आईसीयू’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथामबारे आफ्नो नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गरे । तर प्रधानमन्त्रीले भनेजस्तो तयारी भने सुदूरपश्चिममा देखिएको छैन ।

नेपालमा बुधबार बिहानसम्म नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये सुदूरपश्चिमका मात्रै चारजना छन् । तीनजना कैलाली र कञ्चनपुरका एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।  सुस्त तयारी, जनशक्ति र स्वास्थ्य सामग्रीको अभावका कारण सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सुदूरपश्चिमवासीमा त्यसको त्रास झनै थपिँदै गएको देखिन्छ ।  नौ जिल्ला रहेको प्रदेशका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराको केही क्षेत्र भारतीय सीमासँग जोडिएको छ ।  भारतीय सीमासँग जोडिनुमात्रै चुनौती भने होइन । तर मजदुरीका लागि भारत गएर स्वदेश फर्किएका झन्डै डेढ लाख बढी नेपालीबाट कोरोनाभाइरस फैलिनसक्ने प्रदेशवासीको चिन्ता रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भौगोलिक विकटताले पनि गर्दा पनि थप चुनौती हुन सक्ने बताइएको छ । कैलाली र कञ्चनपुरबाहेक अन्य ७ जिल्ला पहाडी जिल्ला हुन् । पहाडी जिल्लामा अस्पतालको अवस्था निकै कमजोर छ । सरकारले सुदूरपश्चिममा युद्धस्तरका परीक्षणलगायतको काम प्रभावकारी रुपमा नगर्ने हो भने जोखिम निकै बढ्ने सम्भावना रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रदेशभर एकमात्रै सरकारी ‘आईसीयू कक्ष’

Global Ime bank

प्रत्येक जिल्लामा क्वारेनटाइन र केही मात्रामा आइसोलेटेड बेड भए पनि मेडिकल सामग्री र जनशक्तिको अभाव व्याप्त छ ।  त्यसै पनि सामान्य उपचारका लागि भारतीय सहरका अस्पतालमा जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीसँग छ ।  सुदूरपश्चिममा रहेका दुई ठूला सरकारी अस्पताल भनेको सेती प्रादेशीक र महाकाली प्रादेशीक अस्पताल मात्रै हुन् । 

संरचनाका हिसाबमा यी अस्पताल ठूला भए पनि जनशक्ति र उपकरणको अभाव छ ।  पछिल्लो समय देशभर निजी अस्पतालले सामान्य उपचार पनि कोरोना संक्रमणको आशंकामा गर्न छाडे पनि सरकारीमा त्यसको प्रभाव परेको छ ।  कोरोनाभाइरसको संक्रमण देखिए आइसोलेसनमा राख्ने गरिएको छ ।
यस्तो अवस्थामा आईसीयूको पनि आवश्यकता पर्न सक्छ । तर सुदूरपश्चिमभर एउटामात्रै सरकारी आईसीयू बेड छ सेती प्रादेशिक अस्पतालमा । 

सुदूरपश्चिमका अन्य ८ वटा जिल्लामा रहेका कुनै पनि सरकारी अस्पतालमा आईसीयू बेड छैन ।  यस्तो अवस्थामा एकैपटक एकभन्दा बढी व्यक्तिलाई आईसीयूमा राख्नुपरे त्यसको व्यवस्था छैन ।  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा सेती प्रादेशिक अस्पतालमा पाँचवटा आईसीयू कक्षको तयारी भइरहेको बताउँछन् । 
दिनमा चार सयको नमूना परीक्षण गर्न सकिने मेसिन पुग्यो

कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराका अनुसार कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण धनगढी पुगेको छ । कम सङख्यामा परीक्षण हुन थालेपछि बढि क्षमताका उपकरण ल्याएर एकदिनमा एकसय बढीको नमुना परीक्षण गर्न सकिने उपकरण धनगढी पुगेको हो ।  पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा स्थापना गर्ने तयारी छ । 

उपकरण जडान भएपछि कोरोना परीक्षणको दर बढ्ने प्रजिअ बोहरा बताउँछन् । उनका अनुसार कैलालीमा र्‍यापिड टेष्ट सुरु गरिएको छ । पाँचसय जनालाई सरकारी क्वारेनटाइनमा राखिएको छ भने आठजना आइसोलेसनमा छन् ।  पछिल्लो समय स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन द्रुत गतिमा अगाडि बढीरहेको बोहराले बताए । 

उनका अनुसार नेपालले कोरोनाको सतकर्ता अपनाएसँगै कैलालीका दूई सीमाबाट ५२ हजार नेपाली नागरिक स्वदेश भित्रिएका थिए ।  उनीहरु क्वारेनटाइनमा बसे नबसेको अन्योल छ । 

महाकाली प्रादेशिक अस्पतालमा आठवटा आइसोलेटेड बेड

कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा आठवटा आइसोलेटेड बेड छन् भने क्वारेन्टाइनका लागि बेडहरु राखिएका छैनन् । 

अस्पतालमा भर्ना भएकामध्ये ३८ जनाको स्वाव परीक्षणका लागि नमुना संकलन गरेर काठमाडौं पठाएको छ । जसमध्ये ११ जनाको नेगेटिभ, २७ जनाको रिपोर्ट आउन बाँकी छ । 

भीमदत्त नगरपालिकामा एक सय, महाकाली नगरपालिकामा ५१, वेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२, कृष्णपुर नगरपालिकामा ३०, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४५, लालझाडी गाउँपालिकामा २१ र बेलडाँडी गाउँपालिकामा २३ गरी कुल चार सय छ क्वारेन्टाइन बेड राखिएका छन् । 
भीमदत्तमा एकसय पाँच, महाकालीमा १५, बेदकोटमा २३, शुक्लाफाँटामा १८, कृष्णपुरमा सात, पुनर्वासमा २३, बेलौरीमा १२, लालझाडीमा १५ र बेलडाँडीमा १२ गरी दुईसय ३० जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा राखिएका कसैको पनि स्वाब टेस्ट गरिएको छैन । कञ्चनपुरका नौ वटा स्थानीय तहमध्ये बेदकोटमा छ, बेलौरीमा पाँचवटा आइसोलेटेड छन् । 

महाकाली प्रादेशिक अस्पतालमा ४६, भीमदत्तमा ३०, महाकालीमा १०, वेदकोटमा १२, शुक्लाफाटामा १३, कृष्णपुरमा ११, पुनर्वासमा १०, बेलौरीमा ३०, लालझाडीमा १२ र बेलडाँडीमा पाँच गरी कुल एकसय ७९ व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रहेको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिइन् । 

उनका अनुसार कञ्चनपुरमा पछिल्लो समय पाँचहजार चार सय ३१ जना विदेशबाट फर्किएका छन् । 

भीमदत्तमा एक हजार १९, महाकालीमा पाँच सय ९४, वेदकोटमा सात सय ७२, शुक्लाफाँटामा सात सय ६१, कृष्णपुरमा आठ सय ६१, पुनर्वासमा सात सय ४८, बेलौरीमा दुईसय ८४, लालझाडीमा एक सय ३४ र बेलडाँडीमा दुई सय ५८ जना विदेशबाट फर्किएका हुन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बेलडाँडी गाउँपालिकामा एक सय ८७, लालझाडीमा तीन सय ५८, बेलौरीमा १२ सय ४५ र पुनर्वास नगरपालिकामा दुई सय ४१ घर परिवारलाई राहत वितरण गरिएको जनाएको छ । प्रशासन कार्यालयले भीमदत्त, महाकाली, वेदकोट, शुक्लाफाँटा र कृष्णपुरमा राहत वितरण गरिएको विवरण प्राप्त नभएको जानकारी दिएको छ । 

सुदूरपश्चिममा फागुन २३ गतेबाट विभिन्न नाका भएर भित्रिने नेपालीको स्क्रिनिङ गर्न सुरु गरिएको थियो । 

फागुन २३ देखि चैत ११ सम्म सुदूरपश्चिममा भारतबाट विभिन्न नाका भएर एक लाख ४३ हजार नेपाली भित्रिएका प्रदेश सरकारले जनाएको छ ।  प्रदेश सरकारका अनुसार अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा गरी झण्डै २५ सय मानिसहरु क्वारेन्टाइनमा राखिएका छन् ।  

कहाँ छन् भारतबाट फर्किएका डेढ लाख ? 

सरकारकै दाबीलाई आधार मान्ने हो भने फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार नेपाली भारतबाट स्वदेश भित्रिएका छन् ।  उनीहरु कहाँ छन् त्यसको स्पष्ट जानकारी प्रशासनसँग छैन । सुदूरका नाका भएर फर्किनेमा कोही कर्णाली प्रदेशका पनि थिए । तर अधिकांश भने सुदूरपश्चिम प्रदेशकै भएको सरकारी अधिकारी बताउँछन् । 

उनीहरु क्वारेनटाइनमा बसिरहेका छन् वा गाउँघरमा निर्वाध घुमिरहेका छन् सरकारी अधिकारी नै भन्न सक्ने अवस्थामा देखिँदैनन् ।  यस्तोमा एकजनामा पनि कोरोना संक्रमण भएको भए एकैपटक सयौँ व्यक्ति संक्रमित हुन सक्ने जोखिम छ ।  मुख्य नाका भएर आउने क्रम पूर्ण रुपमा बन्द भए पनि खुला सीमाका कारण भारतबाट लुकीछिपी आउने क्रम जारी छ । 

१ लाख ४३ हजार नेपाल भित्रिँदा कसैलाई पनि अनिवार्य क्वारेनटाइनमा भने राखिएन ।  त्यही कमजोरी सुदूरपश्चिम र देशकै लागि महंगो पर्न सक्ने सरोकारवालाको चिन्ता छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC