खेल
एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आइस हक्की खेलाडी रोजर चापोटको निधन भएको छ । कोरोना भाइरसका कारण निधन हुने उनी पहिलो आइस हक्की खेलाडी हुन् ।
चापोटको निधन भएको आईआईएचएफले एक शोक विज्ञप्ति निकाल्दै जानकारी दिएको हो । ७९ वर्षको उमरेमा उनको निधन भएको हो । उनी मार्च २० देखि २४ सम्म पहिलो पटक अस्पतालमा भर्ना भएका थिए ।
“चापोट स्विजरल्यान्डका एक उत्कृष्ट हक्की खेलाडी हुन् । उनी ६० को दशकमा उत्कृष्ट हक्की खेलाडीका रूपमा रहेका थिए,” आईआईएचएफले विज्ञप्तिमा लेखेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६ १३:१५
प्रतिक्रिया दिनुहोस्