site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थर्मल गन किन्न प्रहरी नै १० लाख बोकेर पुगेपछि...
Ghorahi CementGhorahi Cement

काठमाडौं । जगदम्बा स्टील (शंंकर ग्रुप) का एकजना मालिक शुलभ अग्रवाल कालोबजारी गरिरहेको अवस्थामा मंगलबार काठमाडौंबाट पक्राउ परे । 

उनले तीन हजार पर्ने ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) लाई १६ हजार रुपैयाँमा बेच्दै गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । 

यो सूचना प्राप्त गरेपछि प्रहरीले उनको पिछा गरेको थियो ।

Agni Group

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले प्रहरी ‘अपरेसन’ बारे यसरी सुनाए :

आइतबार हामीलाई एकजनाबाट शुलभ अग्रवाल नाम गरेका व्यक्तिले तोकिएको मूल्यभन्दा बढी मूल्यमा थर्मल गन बेचिरहेको सूचना आइपुग्यो । मुलुक संकटमा परेको बेला कालोबजारी गर्ने समूह सक्रिय रहनेप्रति हामी सचेत नै थियौं ।

Global Ime bank

सूचना आएपछि हामी सक्रिय भयौं । हामीले उनलाई आफूहरु ‘मेडिकल किट्स सप्लायर्स’ भएको र गाउँपालिका–नगरपालिकाले थर्मल गन मागिरहेको बतायौँ । उनले सुरुमा हाम्रो कुरा पत्याएनन् । हाम्रो कागजपत्र हेर्न माग गरे ।

हामीले तत्काल कार्ड र कागजपत्र कम्प्युटरबाट बनायौँ । उनलाई ‘ह्वाट्सअप’ मा परिचयपत्र र कागजपत्र पठायौँ ।  त्यसपछि उनले हामीलाई थर्मल गनको ब्रान्ड, मूल्य पठाए ।  उनले प्रति गन १६ हजार पर्ने बताए । हामीले केही छुट मागेपछि उनी १५ हजारको दरमा दिन राजी भए ।

हामीले नगद नभएको र चेक दिने बतायौँ । अग्रवालले चेक नलिने बताए । हामीले सोमबारसम्म खबर गर्ने भनेर कुरा टुंग्यायौँ । पैसाको व्यवस्थापन गर्न लाग्यौँ । सोमबार हामीले १० लाख नगद र बाँकी ५ लाखको चेक दिने बतायौँ । उनले सबै रकम नगदको माग गरे । 
सोमबार साँझ भएपछि अग्रवालले आफू साँझ नभेट्ने र मंगलबार जति नगद छ त्यतिकै सामान दिने बताए । 

त्यसपछि हामीले मंगलबार भेट्ने बतायौँ । मंगलबार बिहान ११ बजे हामीले हाम्रो गाडीमा ‘मेडिकल किड्स सप्लायर्स’ लेख्यौं । महाशाखाको टोली टेकुबाट मंगलबार बिहान ११ बजे नक्साल पुग्यौँ । 

त्यहाँ पुगेपछि उनी पक्राउ परे । हाम्रो उद्देश्य भनेकै उनलाई समात्नु थियो ।

हामीले पहिले उनलाई शुलभ अग्रवाल मात्रै भनेर चिनेका थियौँ । पछिमात्रै ठूला व्यापारिक घराना र अवैतनिक दूत भन्ने जानकारी पायौँ । जो जस्तो भए पनि हामीले अनुसन्धान रोक्ने पक्षमा छैनौँ । अहिले पनि उनीमाथि थप अनुसन्धान जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC