site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युरोपियन फुटबलमा उत्कृष्ट तीन युवा स्ट्राइकर
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्व फुटबलमा अहिले युवा स्टार खेलाडी केलियन एम्बाप्पे, इर्निङ हालान्ड र लाउरेटो मार्टिनेज यो सिजनको आरम्भदेखि नै उत्कृष्ट बनेका खेलाडीहरू हुन् । युरोपियन फुटबल क्लबहरू यी तीनै खेलाडीलाई अनुबन्ध गर्ने योजनामा छन् ।

एम्बाप्पेले हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सफल फुटबल जीवन बिताइरहेका छन् । त्यस्तै हालान्ड भने भर्खरै मात्र जर्मन क्लब बोरूसिया डर्टमन्डमा आएका हुन् । मार्टिनेज भने इटालियन क्लब इन्टर मिलानमा छन् । तुलनात्मक रूपमा पछिल्लो समय एम्बाप्पे र मार्टिनेजभन्दा हालान्डले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

युरोपियन फुटबलमा मार्टिनेज, हालान्ड र एम्बाप्पेलाई हाल यू–२३ को उत्कृष्ट खेलाडीका रूपमा चिनिन्छ । तीनै खेलाडीले युरोपिनय फुटबलमा चर्चा कमाइरहेका छन् । 

Agni Group

एम्बाप्पे
फ्रान्सेली विश्वकप विजेता एम्बाप्पे यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पीएसजीका लागि उनी हाल महत्त्वपूर्ण खेलाडीका रूपमा छन् । एम्बाप्पेले लिग वानमा २० खेल खेल्दै यो सिजन १८ गोल गरेका छन् भने ५ असिस्ट गरेका छन् ।

च्याम्पियन्स लिगमा ७ खेल खेलेका उनले ५ गोल गरेका छन् । त्यस्तै फ्रेन्च कपमा भने २ खेल खेलेर ४ गोल गरेका छन् । त्यस्तै कोपा डी ला लिगमा तीन खेल खेल्दै २ गोल गरेका छन् ।

Global Ime bank

हालान्ड
यो सिजन हालान्डले एम्बाप्पेभन्दा कम खेल खेलेका छन् । हालान्डले एम्बाप्पेभन्दा कम खेल खेले पनि गोलको तुलनामा राम्रो गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा १० गोल गरेका छन् । उनले साल्जबर्गबाट ८ गोल गरेका हुन् भने डर्टमन्डबाट २ गोल गरेका हुन् ।

हालान्डले बुन्डेस लिगामा ८ खेल खेल्दै ९ गोल गरेका छन् । भने एक असिस्ट पनि गरेका छन् । भर्खरै मात्र डर्टमन्ड आएका उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हालान्डले डीएफ ए कपमा १ खेल खेलेर एक गोल गरेका छन् ।

मार्टिनेज 
अर्जेन्टिनाका स्टार खेलाडी मार्टिनेज यो सिजन पनि उत्कृष्ट खेलाडीमा छन् । उनी इटालियन क्लब इन्टर मिलानका लागि महत्त्वपूर्ण खेलाडी पनि हुन् । मार्टिनेजले यो सिजन सिरी ए मा २२ खेल खेलेर ११ गोल गरेका थिए । 

च्याम्पियन्स लिग फुटबलमा ६ खेल खेल्दै ५ गोल गरेका छन् । त्यस्तै उनले कोपा इटाली भने उनले जम्मा दुई खेल खेलेका छन् । उनी अहिले युरोपियन क्लबहरूको मुख्य सूचीमा छन् । उनलाई बार्सिलोनाले अहिले अनुबन्धनको मुख्य दायरामा ल्याएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC