site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रिमियर लिग सिजन अन्त्य भए लिभरपुललाई उपाधि : केफेरिन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले सबै क्षत्रमा असर पारेको छ । कोरोना भाइरसले खेलकुद जगतमा पनि धेरै असर पारेको छ । खेलकुदका ठूला प्रतियोगिताहरू कोरोनाकै कारण स्थगित छन् । 

त्यस्तै विश्व फुटबलको सर्वाधिक लोकप्रिय प्रिमियर लिग फुटबल पनि स्थगित छ । यूइएफए अध्यक्ष आलेकसेन्डर केफेरिनले कोरोना भाइरसकै कारण यो सिजन प्रिमियर लिग अन्त्य भए लिगको टाइटल स्वतः लिभरपुले पाउने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो सिजन प्रिमियर लिगको २९औँ खेल सकिँदा लिभरपुल ८२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै म्यान्चेस्टर सिटी ५७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भने लेस्टर सिटी ५३ अंकसहित तालिकाको तेस्र्रो स्थानमा छ । 

“कोरोना भाइरसका कारण सिजनको अन्त्य भए लिभरपुललाई उपाधि दिनुबाहेक अन्य उपाय छैन । यदि खेलहरू भए पनि लिभरपुलले लगभग उपाधि रक्षा गरिसकेको छ । नम्बरका आधारमा भन्ने भने उनीहरूले उपाधि जितेका छैनन् तर पनि उपाधि पक्का जस्तै हो,” केफेरिनले सोभियन स्पोर्ट्स डेलीसँगको कुराकानीमा भने । 

Global Ime bank

लिभरपुल यो सिजन २९ मध्ये एक खेलमा मात्र पराजित हुँदै उपाधि होडमा आफूलाई बलियो बनाएको टोली हो । उसले एक खेलमा बराबरी पनि खेलेको थियो । “यदि खाली स्टेडियममा खेलहरू भए समर्थकहरूलाई नरमाइलो लाग्नेछ । तर, खेल नभई सिजन अन्त्य भए उपाधि लिभरपुलले लिनेछ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC