site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
कोरोनाविरुद्धको अभियानका लागि ट्विटरका संस्थापकको अर्ब अमेरिकी डलर सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्‍जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने घोषणा गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ट्विट गरेर सहयोगको घोषणा गरेका छन् । उनले लेखेका छन्, "आवश्यकता बढ्दोक्रममा र अत्यन्त जरुरी रहेको छ ।"

डोर्सीले आफ्नो सहयोग रकम कहाँ जानेछ भन्ने स्पष्ट पारेका छैनन् । अनलाइन भुक्तानी सेवा प्रदान गर्ने एप्लिकेशन स्क्वायर र ट्वीटरका संस्थापक तथा दुवै संस्थाका प्रमुख कार्यकारी डोर्सीले सहयोगका लागि स्क्वायरमा आफ्नो शेयरको अंशबापतको रकम प्रयोग गरेका जनाएका छन् । 

Global Ime bank

उनले यसपछि महिला स्वास्थ्य र शिक्षामा जोड दिने बताएका छन् । 

कोरोना भाइरसका कारण विश्‍वभर ८२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन् । संक्रमण बढ्दै जाँदा संक्रमणविरुद्धका स्वास्थ्य उपकरणको अभाव भइरहेको छ । 

यसअघि ई-कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माले पनि विभिन्‍न मुलुकलाई स्वास्थ्य उपकरण र आवश्यक राहत सामग्री उपलब्ध गराएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC