site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक मनोरोगी महिलाको कथा ‘लाटीको छोरा’ आज ५ बजे भर्चुअल नाटक महोत्सवमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । लकडाउनको अवधिमा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ को बाह्रौं दिन मंगलबार ‘लाटीको छोरा’ प्रदर्शन हुँदैछ ।

लमजुङको सुन्दर बजारमा भएकी एक मनोरोगी महिला (लाटी) लाई समाजका मानिसले हेर्ने खराब नजर र गर्ने असमान व्यवहार नाटकको प्रमुख विषय हो । उनै लाटीको वरिपरि घुमेको कथा हो नाटक ‘लाटीको छोरा’ ।

Agni Group

यो नाटकमार्फत ३६ वर्षपछि नेपाली नाटकका अग्रज कलाकार टीका पहारिकले नेपाली रंगमञ्चमा पुनरागमन गरेका थिए । 

श्याम शाहको कथालाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । 

Global Ime bank

थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले विश्व रंगमञ्च दिवस २७ मार्च (१४ चैत्र) बाट यस उत्सव सुरु गरेको थियो । 

नाटकको भिडियो हरेकदिन ठिक ५ बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रदर्शन गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC