site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेबलटेनिस खेलाडी पुरुषोत्तमद्वारा संन्यासको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ऐतिहासिक पदक वितेजा पुरुषोत्तम वज्राचार्यले संन्यास लिएका छन् । उनले ३७ वर्षको उमेरमा आफ्नो २३ वर्षीय लामो खेल जीवनबाट संन्यास लिएका हुन् । 

नेपालले पहिलो पटक सागमा एकल प्रतिस्पर्धामा पदक जित्दा पुरुषोत्तमले कास्य पदक दिलाएका थिए । उनी सागमा टेबलटेनिसको एतिहासमा पदक दिलाउने पहिलो खेलाडी हुन् । त्यसको केही समयपछि अर्का खेलाडी स्यान्टु श्रेष्ठले पनि एकलतर्फ काँस्य जितेका थिए । टेबलटेनिसको एकल विधामा पदक जित्ने आफ्नो सपना काँस्यमै भए पनि सफल भयो उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

टिम स्पर्धामा भने नेपालले पटक–पटक पदक जितेको थियो । “सागमा ऐतिहासिक पदक जितेपछि नै मैले सन्यास लिनु पर्ने थियो । त्यो नै मेरा लागि उत्तम समय थियो,” पुरुषोत्तमले बाह्ररखरीसँग भने, “तर, भोलि खेल कस्तो हुन्छ भन्ने भेउ पाउन सकेन । मनमा भने सन्यासको सोच आइसकेको थियो ।”

उनले संघ र सरकारबाट सम्मानसहित आधिकारिक विदाइको पर्खाइका कारण ढिलो भएको बताए । “टेबलटेनिस खेलाडी र संघले हालसम्म खेलाडीको ससम्मान विदाइ गरेको छैन । अन्य संघ जस्तै हाम्रो संघले पनि सम्मानसहित विदाइ गरोस् भन्ने चाहन्छु । जसले खेलकुदमा नयाँ ‘ट्रेन्ड’ ल्याओस्,” उनले भने, “संघले गर्न नचाहे पनि म आफैं आफ्नो खर्चमा कार्यक्रमसहितको विदाइ गर्नेछु ।”

Global Ime bank

उनले सोमबार विश्व टेबलटेनिस दिवसलाई मध्यनजर गर्दै सन्यासको घोषणा गरेका हुन् । पुरुषोत्तमले सोमबारको दिन टेबलटेनिका लागि सबैभन्दा उत्तम दिन भएकाले सन्यास लिने सोच बनाएको बाह्ररखरीसँग भने । 

“आजको दिन टेबलटेनिसका लागि उत्तम दिन हो । म आज कार्यक्रम सहितको विदाइ लिन सक्थें,” पुरुषोत्तमले भने, “कोरोना भाइरसका कारण सबैलाई जम्मा गर्न नसक्ने अवस्था छैन । त्यसैले कोरोना संक्रमणको प्रभाव कम भएलगतै एक कार्यक्रसहित विदाइको हात हल्लाउने छु ।”

संघका पदाधिकारीसँगको छोटो कुराकानीमा खासै कसैले खासै चासो नदिएको उनको गुनासो छ । “मैले सन्यासको विषयमा थोरै भए पनि संघका पदाधिकारीसँग कुरा गरेको थिए । तर, उनीहरुबाट खासै कुनै प्रतिक्रिया आएन,” उनले भने, “संघका अध्यक्षले कताबाट यस विषयमा सुन्नु भएछ । फोन गरेर ‘यो उत्तम समय हो । तिमीले राम्रो गर्‍यौ’ मात्र भन्नु भयो । मैले प्रति उत्तरमा एक कार्यक्रम गर्दै विदाइ गर्ने छु भने । संघसँग कुरा भएको मेरो यत्तिमात्र हो ।”

पुरुषोत्तमले समान तीन पटक साग र विश्व च्याम्पियनसिप तथा समान दुई पटक एसियन च्याम्पियनसिप र एसियाली खेलकुदमा सहभागिता जनाइसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC