site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भर्चुअल नाटकमा आज गुरुकुलको ‘एल्मुनिको तिर्खा’
Ghorahi CementGhorahi Cement

काठामाडौं । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को एघारौं दिन सोमबार ‘एल्मुनिको तिर्खा’ लाइभ प्रदर्शन हुँदैछ । 

गुरुकुल नाटकघरमा मञ्चन भइसकेको यस नाटक करिब एक दशकपछि दर्शकले पुनः फेसबुकबाट हेर्ने मौका पाउँदै छन् । गुरुकुलले तयार गरेको यो नाटक गुरुकुल भत्किनु पूर्व देखाइएको थियो । 

Agni Group

निजी क्षेत्रबाट सुरु भएको पहिलो नाटकघर ‘गुरुकुल’को प्रस्तुति रहेको यो नाटक अहिलेका दर्शकका लागि विशेष हुन सक्ने भन्दै देखाउन लागिएको महोत्सवका निर्देशक केदार श्रेष्ठले बताए । 

एल्मुनिको तिर्खालाई डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । युजिन ओनिलले लेखेको यस नाटकलाई बलबहादुर थापाले नेपालीमा अनुवाद गरेका हुन् । 

Global Ime bank

नाटक ‘एल्मुनिको तिर्खा’मा अहिलेका चलचित्र क्षेत्रमा रुचाइएका कलाकार विपिन कार्की लगायत कमलमणि नेपाल, सरिता गिरी, भोलाराज सापकोटा, प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् । 

लकडाउनको विषम परिस्थितिमा दर्शक र रंगमञ्चबीचको सम्बन्ध कायमै गरिराख्ने उद्देश्यका साथ सुरु भएको यस महोत्सव हरेक दिन साँझ ५ बजे फेसबुक लाइभमार्फत् दर्शकले नाटक हेर्न सक्नेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC