site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
कोरोना आतङ्कले औलो ओझेलमा

सन् २०१९ को डिसेम्बर महिनाकै अन्त्यतिर चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाभाइरस (कोभिड–१९) अहिले विश्वव्यापी महामारी हुनपुगेको छ । प्रकृतिलाई चुनौती दिने विकसित राष्ट्रहरू नै आज यस रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यो समस्या कहिलेसम्म रहने हो कसैलाई थाहा छैन । विश्वका धेरै देशले यसको रोकथाम र नियन्त्रणका लागि आआफ्नै तरिका अपनाए पनि धेरै देशले बन्दाबन्दी तथा शंकास्पद व्यक्तिको व्यापक परीक्षणलाई मुख्य रणनीतिका रूपमा अपनाएका छन् ।

भारतमा समेत कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि खुला सीमा भएको नेपालमा पनि गत दूई सातादेखि बन्दाबन्दी लागू गरिएको छ । संसारभर फैलिएको महामारी तथा बन्दाबन्दीका कारण देशविदेशमा रहेका थुप्रै नेपाली घर फर्किएका छन् । सरकारको आधिकारिक तथ्याङ्क ५० हजारको हाराहारीमा नेपाली अन्य मुलुकबाट घर फर्किएको भन्ने  छ । तर, यो संख्या लाखौं हुनसक्ने अनुमान गरिएको छ । यसरी फर्किने अधिकांश भारतमा मजदुरी गर्न गएकाहरू छन् । त्यसमा पनि भारतका औलो प्रभावित क्षेत्रबाट फर्किएका बढी छन् ।

Agni Group

विदेशबाट फर्किएकाको तथ्याङ्क लिने, जनचेतना अभिवद्धि गर्ने, घरलगायत अन्य सुरक्षित स्थानमा राख्ने कार्य अहिले नेपालभर भइरहेको छ । यसमा स्वास्थ्यकर्मीका साथै सेना, प्रहरी र निजामती कर्मचारी पनि परिचालित भइरहेका छन् । यस अवस्थामा अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको सेवा उल्लेखनीय छ । यहाँ बिरामीहरूको स्वाब परीक्षणले उच्च प्राथमिकता पाएको बताइएको छ । 

संयोग नै मान्नुपर्छ, कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला गर्मी मौसम सुरु भएको छ । गर्मी मौसम लामुखुट्टेको बिगबिगी हुने याम हो । लामखुट्टेबाट औलो रोग सर्छ । कोभिड–१९ र औलो रोगका चरित्रहरु फरकफरक भए पनि दुवैको मुख्य लक्षण ज्वरो हो । त्यसैले ज्वरो आएका बिरामीमा पूर्ववत्रुपमा औलोको परीक्षण सेवा संचालनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले कार्य सञ्चालन निर्देशिका बनाई सबै प्रदेशमा पठाइसकेको छ । निर्देशिकाअनुसार ज्वरो आएका सबै बिरामीको औलो परिक्षण गर्न गराउनसमेत परिपत्र जारी गरी सकिएको बताइएको छ । तर, यसतिर हालसम्म धेरैको ध्यान जान सकेको छैन ।

Global Ime bank

गत आर्थिक बर्षमा नेपालमा औलो बिरामीहरुको संख्या १ हजार ०६५ थियो । तीमध्ये झन्डै ६० प्रतिशत अन्य देशबाट आएका थिए । अरू देशबाट आउनेमा पनि झन्डै ९० प्रतिशत बिरामी भारतबाट आएका थिए । गत वर्ष चैत्र महिनामा मात्रै ३७ जना औलोको बिरामी भेटिएका थिए । यो चैत्रको अहिलेसम्म चारजना मात्रै पत्ता लागेका छन् । यो संख्या लकडाउन सुरु हुनुभन्दा पहिलेको हो ।

औलोको समय सुरु भइसकेको अवस्थामा भारतलगायत अन्य देशहरुबाट नेपाल फर्किएकाहरूको संख्या उल्लेखनीय मात्रामा बढेको पनि छ । तर, अहिलेसम्म बिरामी पत्ता नलाग्नुमा कतै यसको परीक्षणलाई उपेक्षा गरिएकाले पो हो कि भन्ने सन्देह उत्पन्न हुन्छ । त्यसैले भारतलगायत अन्य औलोका जोखिम क्षेत्रबाट फर्किएका र क्वारेन्टिनमा बसेका सबैलाई ज्वरो आएमा औलोको परीक्षण पूर्ववतरूपमा नियमित  गर्न लगाउनुपर्ने देखिन्छ । नत्र, कोरोना त भई नै हाल्यो ओझेलमा परेको औलोकै महामारी पनि बेहोर्नुपर्ने हुनसक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC