site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनामुक्तपछि रिटा विल्सनको पहिलो भर्चुअल प्रस्तुति
Ghorahi CementGhorahi Cement

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को सफल उपचारको करिब चार सातापछि अभिनेत्री तथा गायिका रिटा विल्सनले पहिलो प्रस्तुति दिएकी छिन् ।

उनले आइतबार नासकारको (नेसनल एसोसिएसन फर स्टक कार अटो रेसिङ) आइरेसिङ इभेन्टमा राष्ट्रिय गान गाएकी हुन् । उनले लस एन्जलसस्थित आफ्नै घरमा गीत रेकर्ड गराउँदै भर्चुअल प्रस्तुति दिएकी थिइन् । जसमा उनका २४ वर्षीय छोराले गितार बजाउँदै साथ दिएका छन् । 

Agni Group

कोरोना भाइरस महामारीले गत महिनादेखि रोकिएको रेस पछिल्लो समय भर्चुअली भइरहेको छ । जुन फक्स स्पोर्ट्समा प्रसारण गरिएको छ । जसलाई एक लाखभन्दा बढी दर्शकले हेरेको बताइएको छ । कमेन्टमार्फत दर्शकले विल्सन फर्किएकोमा खुसी व्यक्त गरेका छन् ।

विल्सन दम्पतीमा मार्च ११ मा अस्ट्रेलियामा चलचित्रको छायांकनका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । दुई साता आइसोलेसनमा बसेर सफल उपचारपछि गत साता आफ्नै देश अमेरिका फर्किएका हुन् । अहिले उनीहरू आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । (सीएनएन)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC