site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोरोना संकट अन्त्यपछि खेलकुदमा आउनसक्ने रोचक परिवर्तन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले अहिले ठूलो रूप लिएको छ । कोरोना भाइरसका कारण विश्वमा हुने ठूलाखाले खेलकुद प्रतियोगिताहरू हुन सकेका छैनन् । 

कोरोना भाइरका कारण नै टोकियो ओलम्पिक पनि एक वर्ष सरेको छ । च्याम्पियन्स लिग, ला लिगा, प्रिमियर लिगजस्ता ठूला प्रतियोगिताहरू स्थगित छन् । ठूलाखाले क्रिकेट प्रतियोगिताहरू पनि स्थगित छन् । कोरोना भाइरसका कारण विश्व खेलकुद जगतमा परिवर्तन हुन सक्ने केही रोचक कुरा । 

फुटबल 
फुटबलका धेरै प्रतियोगिता सुरु हुनुभन्दा पहिले खेलाडीहरूबीच हात मिलाउने प्रक्रिया हुन्छ । कोरोना भाइरसको संक्रमण देखिएको समयमा पनि धेरैखाले प्रतियोगितामा खेलाडीहरूले हात मिलाएका थिएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उसो त प्रतियोगिता गर्ने स्थानमा पनि खेलाडीहरूलाई हात मिलाउन दिएको थिएन । अब कोरोना संक्रमणपछि पनि यो कुरा लागु हुन सक्ने फुटबल विज्ञहरूले धारणा राखेका छन् ।

क्रिकेट 
क्रिकेट विश्वकै लोकप्रिय खेलकुदमध्ये एक हो । क्रिकेटमा बलरहरूले बललाई थुक लगाएर चम्काउने गर्छन् । क्रिकेटका विज्ञहरूले यो प्रक्रिया बन्द हुन सक्ने बताएका छन् । 

Global Ime bank

क्रिकेट खेलमा बललाई थुक लगाएर चम्काउने तरिका पहिलेदेखि नै छ । अब कोरोना भाइरसको संक्रमण नियन्त्रण भएपछि खेलाडीहरूमा यसको त्रास बाँकी रहने भएकाले बलमा थुक लगाएर चम्काउने काम भने हट्न सक्छ । 

अस्ट्रेलियाका फास्ट बलर पेट कमिन्सले भनेका छन्, “एक बलरको नाताले मलाई लाग्छ क्रिकेटमा बलरहरूले कोरोना संक्रमण अन्त्य भएपछि बलमा थुक लगाएर चम्काउन बन्द गर्ने सम्भावना धेरै छ ।”

टेनिस 
टेनिसमा खेलाडीहरूले बल ब्वाइजलाई आफ्नो तौलिया दिन्छन् । उनीहरूले आफ्नो शरीरको पसिना पुछ्न तौलिया साथमा राखेका हुन्छन् । आफ्नो शरीरको पसिना पुछेपछि खेलाडीले बल ब्वाइजलाई तौलिया दिन्छन् । 

अब यो प्रक्रिया पनि रोकिने सम्भावना छ । किनकि तौलियमा बल ब्वाइज वा खेलाडीले पसिना पुछेकाले कोरोना सर्न सक्ने डर रहन सक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC