site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राहतमा वितरणमा जुटे स्थानीय सरकार
Sarbottam CementSarbottam Cement

विराटनगर । निरन्तरको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकलाई खाद्यान्नसहितको राहत उपलब्ध गराउन स्थानीय सरकारहरू सक्रिय भएका छन् ।

प्रदेश १ का धेरै स्थानीय तहले पहिलो चरणमा स्थानीय रूपमा उपलब्ध भौतिक संरचनामा क्वारेन्टाइनको पूवार्धार तयार गरिसकेका छन् । अब उनीहरू लामो लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकलाई राहत वितरण गर्नमा केन्द्रीत भएका हुन । प्रदेश १ सरकारले राहत वितरणलाई एकद्वार प्रणालीबाट लागू गराउने निर्णय गरिरहँदा धेरै स्थानी तहले भने आफ्नै संरचना प्रयोग गरी वितरण नै थालिसकेका छन् । 

विराटनगर महानगरपालिकाले लामो र सुझबुझपूर्ण तयारीपछि समस्यामा परेका नगरवासीलाई राहत दिन सुरु गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुली आफैं मध्यरातसम्म खाद्यान्नसहितका सामग्री पोको पार्ने स्थानमा खटिएर आइतबारबाट वितरणमा सक्रिय भएका छन् । उनले भने, “हामीले चैत २० देखि वितरण गर्ने घोषणा गरेका थियौं तर धेरै जनतालाई वितरण गर्नुपर्ने भएकोले बृहत् तयारीसाथ कार्यक्षेत्रमा गएका हौं ।” पराजुलीले आइतबारदेखि वडा १ बाट राहत वितरणको काम सुरु भएको जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामी पहिलो चरणमा क्वारेन्टाइन स्थल तयार गर्न व्यस्त थियौं, लकडाउनको समय लम्बिसकेको थिएन,” पराजुलीले भने, “तर, अब नागरिकलाई समस्या नहोस भनेर हामी राहत सामग्री बोकेर समस्यामा परेका जनताको घरदैलोसम्म पुगिरहेका छौं ।” पराजुलीले महानगरलाई विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत समेटेर राहत सामग्री वितरण थालनी गरिएको सुनाए ।

महानगरपालिका कार्यालयका अनुसार लकडाउनबाट प्रभावित विपन्न, सुकुम्बासी, अपांगता भएका व्यक्ति, दैनिक श्रमिक र न्यून आय भएका २६ हजार नागरिकहरूलाई खाद्यान्न राहत वितरण गरिँदै छ । वितरण गरिएको खाद्यान्नमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५ सय ग्राम तोरीको तेल, एक किलो नुन र एउटा साबुन छ । महानगरपालिकाले आइतबार वडा १ मा १ हजार ४६ जन, वडा ३ मा ३ सय ५७ र ४ मा १ हजार ३ सय ३९ जनालाई राहत वितरण गरिएको जनाइएको छ । महानगर प्रमुख पराजुलीले भने, “नगरवासीहरूको दुःखको बेलामा सदैव साथ रहने र कसैलाई भोकभोकै बस्नु–सुत्नु पर्ने अवस्था सिर्जना नहोस् भन्नेमा सचेत छौं ।”

Global Ime bank

वडा कार्यालय र वडा विपत् व्यवस्थापन समितिले संकलन गरेको नामावलीलाई महानगरपालिकाले प्रमाणित गरी वडाको नागरिक वा बसाईंसराईको पत्रको आधारमा राहत वितरण सुरु गरिएको महानगरका प्रवक्ता तथा वडा १ का अध्यक्ष उद्धव अर्यालले जानकारी दिए । आर्यालले भने, “तीन दिनसम्ममा महानगरपालिकाको १९ वटा वडामा राहत वितरण गर्ने योजना छ ।” अर्यालले कोरोना संक्रमणको जोखिमलाई हेरेर सामाजिक दूरी कायम गर्दै राहत वितरण थालिएको दाबी गरे ।

मोरङको लेटाङ नगरपालिकाले भूमिहीन, विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेहरू तथा समस्यामा परेकालाई राहत वितरण गर्न सुरु गरेको छ । वडा कार्यालयमार्फत राहत दिन थालिएको नगरप्रमुख शंकर राईले जानकारी दिएका छन् । भने, “हाम्रो नगरभित्रका दुई हजार एक सय व्यक्तिलाई खाद्यान्नसहितको राहत वतरण सुरु भएको छ ।” लेटाङमा ९ वटा वडा छन् । त्यहाँ सोमबार बिहानबाट राहत वितरण सुरु भएको छ ।

बेलबारी नगरपालिकाले आइतबार १ हजार ७ सय ६२ परिवारलाई राहत वितरण गरेको छ । वडा २, ३, ६, ७, १० र ११ नम्बर वडाका दैनिक ज्यालादारी मजदुर र विपन्नलाई राहत वितरण गरिएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने, “वडा कार्यालयमार्फत राहत वितरण गरिरहेका छौं । जनप्रतिनिधिले घर–घरसम्म पुगेर आफैं राहत सामग्री वितरण गरिरहनुभएको छ ।” नगरपालिकाले ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ भने १५ जनाभन्दा बढी भए २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन, र एक डल्ला साबुन उपलब्ध गराएको छ । आज वडा १, ४, ५, ८ र वडा ९ मा राहत वितरण हुँदै छ । 

सुन्दरहरैंचा नगरपालिकाले सबै वडाबाट लागत संकलन गरेर नगरको १२ वटै वडा कार्यालयबाट एकद्वार प्रणाली मार्फत राहत सामग्री वितरण गर्न सुरु गरेको छ । नगर प्रमुख शिवप्रसाद ढकालले भने, “सबैतिर बन्द भएको र लकडाउनको बेला नगरबासी होम क्वारेन्टाइनमा बस्नु परेकोले आवश्यक सामग्रीको जोहो तथा वितरण प्रक्रिया मिलाउन केही विलम्ब भएको हो । तर हामी समस्यामा परेका नागरिकबारे जानकार छौं । वितरण सुरु गरिएको छ ।” उनले राहत वितरणलाई आजबाट गति दिइने सुनाए ।

व्यक्ति र संस्थाको उत्तिकै सहयोग
यता, विराटनगरमा सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुँदा दैनिक श्रम गरी परिवार पाल्ने वर्गलाई पर्न गएको अप्ठयोरो र वर्तमान असहज अवस्थामा सक्दो सहयोग पु¥याउन भन्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले राहत सामग्री सहयोग गरेका छन् । दुबै संस्थाले रु. २४ लाख बराबरको २ हजार १ सय प्याकेट खाद्य सामग्री प्रदेश १ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई उपलब्ध गराएका हुन । १ हजार ३ सय प्याकेट प्रदेश सरकारमार्फत ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्योकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट बुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउँपालिका मार्फत उपलब्ध गराइएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जनाए । 

नेपाल तरुण दल विराटनगरले वडा नम्बर ५ मा छ सय थान मास्क र साबुन वितरण गरेको छ । विशाल चोक,पृथ्वी चोक,भृकुटी चोक,जामुनगाछीलगायत ठाउँमा विपन्न परिवारलाई ती सामग्री वितरण गरिएको तरुण दलका विराटनगरका अध्यक्ष सन्तोष न्यौपानले बताए । भने,‘‘तरुण दलले विपन्न परिवारलाई २५ केजीका दरले एकसय जानालाई वितरण गरेको छ ।’’
मोरङको क्षेत्र नं. ५ स्थित जहदामा नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको नेतृत्वमा राहत वितरण गरिएको छ । अन्सारीसहति वरिष्ठ नेता ताजिम अहमद, महेन्द्र मण्डल र प्रवेश मण्डलको उपस्थितिमा ह्यूमानिटी फाउनडेशनले लक्षमिनिया युवा क्लबमार्फत राहत वितरण गरेको हो । राहत सामग्रीहरू २५० केजी चामल, २५ केजी दाल, २५ केजी तेल, १०० मास्क, र १०० पिस हाथ धुने साबुन सो अवसरमा हस्तान्तरण गरिएको थियो । 

विश्वव्यापी रुपमा फैलिरहेको महामारीको नियन्त्रण तथा रोकथामका निम्ति सरकारले लकडाउन घोषणा गरेको कारण गरिब र ज्याला मजदुरी गर्ने वर्गमा भोकमरीको नलागोस भनेर सहयोग गरिएको नेता अन्सारीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC