site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बायर्नको प्रशिक्षण सोमबारदेखि
Ghorahi CementGhorahi Cement

एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।

यसअघि कोरोना भाइरसका कारण सबै खेलकुद गतिविधि स्थगित भएका थिए । तर, सोमबारदेखी साना समूहमा प्रशिक्षण सुरु गर्ने क्लबले जनाएको छ । 

Agni Group

क्लबले हाल जर्मन सरकारको मार्गनिर्देशनलाई पालना गर्दै पहिलो रोजाइको टिमलाई प्रशिक्षण दिने बताएको छ । पहिलोपटक बुन्डेसलिगालाई १३ मार्चदेखि २ अफ्रिसम्मका लागि स्थगित गरएको थियो । तर, ३१ मार्च बसेको क्लबको बैठकले लिग ३० अफ्रिलसम्म स्थगित गर्ने निर्णय गरेको हो । 

आइतबार क्लबले आफ्नो आधिकारिक वेबसाइटमा खेलाडी प्रशिक्षणका लागि तयार भएकाले समर्थकलाई मैदान बाहिर रहन आग्रह गर्दै पोस्ट गरेको छ । “एफसी बायर्न म्युनिख ६ अफ्रिलबाट सानो समूहमा प्रशिक्षणमा फर्किंदै छ,” क्लबले भनेको छ, “यो सरकारी नीति र सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा गरेको निर्णय हो ।”

Global Ime bank

बायर्न बुन्डेसलिगा अंक तालिकाको शीर्ष स्थानमा छ । २५ खेल खेलेको बायर्न ५५ अंक सहित शीर्ष स्थानमा रहँदा समान खेल खेलेको डर्टमन्ड ५१ अंकसहित दोस्रो र ५० अंक जोडेको लेइपिङ तेस्रो स्थानमा छन् ।  क्लबले प्रशिक्षणमा कुनै पनि अन्य सदस्य नहुने बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC